प्रहरीले बिहीबार भारतबाट अवैध रुपमा भित्र्याइएको चल्ला बरामद गरेको छ ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ अहिरापुरबाट भारतबाट ल्याइएको ब्रोइलर कुखुराको चल्ला प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
करिब ४ लाख ५० हजार मूल्यका उक्त चल्लाहरु इलाका प्रहरी कार्यालय हिरमिनिया बाँकेबाट खटिएको प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । बरामद चल्ला थप कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको ।