नेपालगन्ज । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । शुक्रबाररका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १:३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
आजदेखि अपराह्न ५ बजेसम्म सरकारी कार्यालय खुल्ने
- Dainik Nepalgunj

- Categories: News
Related Content
आज ७३औँ कानुन दिवस
by
Dainik Nepalgunj
May 9, 2025
तोलामा एक हजार चार सयले घट्यो सुन
by
Dainik Nepalgunj
May 9, 2025
जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
by
Dainik Nepalgunj
May 9, 2025
बालबालिकाको सर्वोत्तम हितलाई हेरेर न्याय निरुपण गरिनु पर्नेमा जोड
by
Dainik Nepalgunj
May 9, 2025
राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुनको आवश्यक : प्रतिवेदन
by
Dainik Nepalgunj
May 8, 2025