नेपाली विद्यार्थीहरूको एकीकृत आन्दोलनको ६० बर्ष पुगेको छ । त्यस अवसरमा ६० औं विद्यार्थी एकता दिवस आज मंगलबार नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
अखिल क्रान्तिकारी बाँकेले ‘नेपालको विद्यार्थी आन्दोलनको समीक्षा र अबको बाटो’ विषयक अन्तरक्रियात्मक छलफल आयोजना गरिएको जिल्ला अध्यक्ष तपेन्द्र न्यौपानेले जानकारी दिए ।
विद्यार्थी नेता हरि विष्टका अनुसार, अखिलले देशैभरी आज यसरी नै बहस सिर्जना गर्दैछ ।