For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 13, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

‘क्यान्सर हुँदैमा डराउनु पर्दैन, समयमै उपचार गरे निको हुन्छ’

byDainik Nepalgunj
February 3, 2024
in Health
0 0
0
‘क्यान्सर हुँदैमा डराउनु पर्दैन, समयमै उपचार गरे निको हुन्छ’
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सक बताउँछन् ।

क्यान्सर रोग प्रारम्भिक चरणमा पहिचान भएर उपचार गरे जस्तोसुकै क्यान्सर पनि निको हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए। ‘समयमा नै क्यान्सर पहिचान गर्न सके निको हुन्छ,’ उनले भने, ‘क्यान्सरका चार चरण (स्टेज) रहेका छन् । शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिन्छ ।’

पहिचान लगत्तै उपचार नगराउँदा रोग फैलिएर मानिसको मृत्यु हुने गरेको डा शाहीले बताए । उनका अनुसार नेपालमा वर्षेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।

क्यान्सर रोग लाग्दैमा डराउनु पर्दैन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले भन्छन्, ‘फोक्सोको सानो क्षेत्रमा मात्र क्यान्सर भएर शरीरको अन्य भागमा गएको छैन भने त्यसलाई चरण–शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण–एक, फोक्सामा अलि धेरै क्यान्सर फैलियो भने चरण–दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने चरण–ती र त्यहाँबाट अर्को अङ्ग कलेजो वा पेटमा गयो भने चरण–चार भनिन्छ ।’ क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने डा शाहीको भनाइ थियो । शरीरका अन्य अङ्गसम्म नसर्ने बेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने भन्दै क्यान्सर लाग्दैमा डराउनु नपर्ने उनले बताए ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा उज्ज्वल चालिसेले क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा फैलिएपछि उपचार गर्न गाह्रो हुने भन्दै समयमा नै पहिचान भए उपचार सम्भव हुने बताए । उनले प्रि–क्यान्सर (क्यान्सर पूर्वको अवस्था)मा खासै लक्षण नहुने भएकाले मानिसले यो रोग लागेको थाहा नपाउने बताए । ‘क्यान्सरको सुरुको चरणमा शरीर नदुख्ने भएका थाहा पाइँदैन । त्यसैले यसलाई झुक्काउने रोग पनि भनिन्छ,’ डा चालिसेले भने, ‘शरीर नदुख्ने भएपछि बिरामीले पनि आफूलाई केही नभएको अनुभव गर्दछन् । जब क्यान्सर फैलिन थाल्छ अनि बिरामीले दुखेको महसुस गर्ने हुँदा रोग लागेको थाहा पाउँछन् ।’

पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भवना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिए । उनले जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताए ।

क्यान्सर हरेक अङ्गमा हुन सक्छ

पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले विश्वसँगै नेपालमा पनि क्यान्सरका रोगी बढ्दै गइरहेका बताए । ‘पहिला पहिला क्यान्सर दशमध्ये एक रोगमा पर्दैनथ्यो । अहिले विश्वमा मुटु रोगपछि क्सान्सर दोस्रो नम्बरमा पर्ने गरेको छ,’ उनले भने ।

डा शाहीले नेपालमा सबैभन्दा बढी फोक्सो त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको जानकारी दिए । उनका अनुसार त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ । नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।

क्यान्सर के कारण हुन्छ ?

क्यान्सर हुने कारण यहीँ हो भनेर यकिन गर्न नसकिएको पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा शाहीले जानकारी दिए । उनका अनुसार अत्यधिक धुमपान तथा मद्यपान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको तथा, वंशाणुगतलगायत कारणले क्यान्सर रोग नित्याउँछ ।

‘भातदाल, तरकारी, अचार नखाएर हामी बढी जसो फास्टफुड, जङ्कफुड, धूमपान, मद्यपान, पोलेको खाने, व्यायाम नगर्ने, सडेगलेका तथा बासी खाने कुरा खाँदा क्यान्सर हुने सम्भावना धेरै हुन्छ,’ डा शाहीले भने, ‘पहिला पहिला खाना नपाएर बच्चा दुब्लाउने गर्दथे। अहिले मोटोपनले गर्दा क्यान्सर हुने दोस्रो कारक बन्दै गएको छ।’ उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मद्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्ने सकिने बताए।

‘शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक वृद्धि नै क्यान्सर रोग हो। यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ,’ भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले भने। उनका अनुसार शरीरमा रहेका कोषको जन्म, विकास, निर्माण तथा मृत्युसम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जीन रहेका हुन्छ। ती जीनमा खराबी उत्पन्न भएपछि कोषको अनियन्त्रित वृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर देखापर्ने गर्दछ।

डा चालिसेले जीनमा खराबी उत्पन्न गराउने कारक तत्वमध्ये सुर्तीजन्य तथा मादकपदार्थ सेवन, अखाद्य तत्व, व्यायामको कमीलगायत प्रमुख रहेका जानकारी दिए।

रोगथामका उपाय

क्यान्सरको रोकथामका लागि धूमपान मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित र स्वस्थ भोजन खाने, नियमित शारीरिक व्यायाम गर्ने, महिलाले आफ्नो स्तन र पाठेघरको मुखको नियमित परीक्षण गराउने गर्नुपर्दछ।

भोलि विश्वसहित नेपालमा पनि ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ। रासस

Previous Post

त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुखले दिए राजीनामा

Next Post

मिडियाको दिगोपनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया हुँदै

Next Post
मिडियाको दिगोपनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया हुँदै

मिडियाको दिगोपनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया हुँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सुदूरपश्चिममा बजेट शून्यता

    प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

    May 13, 2025

    हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर

    May 13, 2025
    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    `आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ´:मुख्यमन्त्री आचार्य

    May 13, 2025
    गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की

    शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

    May 13, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version