स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सातले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।
तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य
- Dainik Nepalgunj

- Categories: News
Related Content
कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
by
Dainik Nepalgunj
June 1, 2025
खजुरामा योग समिति नेपालको ४२ औं योग केन्द्र
by
Dainik Nepalgunj
June 1, 2025
रोजगारीको सवालमा राजनीतिक दलको बहस
by
Dainik Nepalgunj
June 1, 2025
नरैनापुर छाला रोगको उच्च जोखिममा
by
Dainik Nepalgunj
June 1, 2025
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
by
Dainik Nepalgunj
May 31, 2025