For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा बन्न थालेका आकाशे पुलको डिजाइन फेल

byDainik Nepalgunj
February 7, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा बन्न थालेका आकाशे पुलको डिजाइन फेल
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरेन्द्र जैसी

डिजाइन फेल हुँदा नेपालगन्जमा निर्माण गर्ने भनिएका आकाशे पुलको योजना अलपत्र परेको छ । नेपालगन्जको प्रमुख सडक रत्न राजमार्गका विभिन्न ६ वटा चोकमा आकाशे पुल बनाउने गरी २०७९ मा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले शिलान्याश गरेका थिए ।

२०७९ भदौ ४ गते शिलान्यास गरिएको भनिएको आकाशे पुल निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भने २०७९ कात्तिक २८ गतेमात्रै भएको थियो । कम्पनीसँग सम्झौता हुँदासमेत डिजाइन स्वीकृत भइसकेको थिएन ।  राँझा चोकमा आकाशे पुल निर्माणका लागि भनेर खाल्डोसमेत खनिएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले आकाशे पुलको योजना चुनावी खपतकै लागि बनाएको आरोप लागेको थियो । आकाशे पुलको लम्बाई १३ मिटर बनाउनेगरी डिजाइन गरिएको थियो । जबकी सडकको चौडाई नै कम्तीमा २१ मिटर छ । आठ करोड २१ लाख ४५ हजार रुपैयाँमा निर्माण कम्पनीसँग पाँचवटा आकाशे पुल १५ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी कात्तिक २८ गते सम्झौता गरिएको थियो । अर्थात् हालसम्म उक्त आकाशे पुलहरु निर्माण भएर सञ्चालमा आइसक्नुपर्ने थियो । तर, भयो के त ? सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर अमिर सुवेदी भन्छन्, ‘डिजाइनमा फल्ट भएको छ । हाइट र लम्बाई बढाउनुपर्ने भएकोले पुनः स्वीकृतिका लागि विभागमा पठाएका छौँ । जुन स्वीकृत भएको छैन । त्यतिबेला बुटवलमा भएकै आकशे पुलअनुसारको डिजाइन बनाइएको थियो । जुन डिजाइन हाइट र पुलको लम्बाईका हिसाबले यहाँ उपयुक्त देखिएन । अब यस्ता पुलको आवश्यकता पर्छ पर्दैन भन्ने पनि हेर्नेगरी विभागबाट टोली आएको थियो । के गर्ने भन्ने निर्देशन आएको छैन ।’ 

राँझा, कारकाँदो, पुष्पलालचोक, धम्बोझी, वीपीचोक र गणेशमान चोकमा आकाशे पुल बनाउने भनिएको थियो ।

राप्ती पुल

पूर्वमन्त्री राईले २०७९ भदौ ४ मै उद्घाटन गरेको अर्को महत्वाकांक्षी योजना थियो नेपालगन्ज बघौडा हुलाकी सडकमा पर्ने राप्ती नदीको पुल । सवारी साधनको चाप धान्न नसक्नेगरी साँघुरो र जीणर् बनेको छ । चारपांग्रे एउटामात्र गाडि छिर्नमिल्ने अवस्थाको पुल छ । लम्बाईका हिसाबले पनि अहिलेको पुल मात्र तीन सय ४२ मिटर लामो छ । जसले राप्ती नदीको सबै बहाव क्षेत्रलाई नाघ्दैन । १५ वर्षअघिदेखि प्रया्गमा आउन थालेको उक्त पुलको एक दशकअघिको पूर्वी क्षेत्रमा बाढीले कटान गरेपछि वर्षामा नदीको एक भंगालो बग्ने गरेको छ । यही अवस्थालाई ध्यानमा राखेर नयाँ पुल निर्माण हुनुपर्ने माग लामो समयदेखि स्थानीयले उठाउँदै आएका थिए । यस्तो अवस्थाका बीच नयाँ पुल बनाउन मन्त्री राईले शिलान्याश गरेका थिए । तर, शिलान्याश गरेको डेढ वर्ष बितिसक्यो पुल निर्माणका लागि एउटा इट्टा राख्ने काम पनि भएको छैन । 

लम्बाई करिब सात सय मिटर र लागत करिब एक अर्ब १७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको यो पुल निर्माण योजना सन्चालनको जिम्मा पाएको हुलाकी सडक आयोजना नेपालगन्ज कार्यालय भने अब केही दिनमै पुल निर्माण अघि बढ्ने बताउँछ । सूचना अधिकारी कृष्ण पाण्डेले दैनिक नेपालगन्जसँग भने, हामीले पुलका संरचनाहरु बनाउने ठाउँका यकिन गरिदिएका छौँ । अब निर्माण कम्पनीले केही दिनमै निर्माण कार्य सुरु गर्छ । तर बजेटको भने अभाव नै छ ।   

उक्त पुल निर्माणको शिलान्याश पनि आवश्यक तयारीबिनै गरिएको थियो भन्ने डेढ वर्षमा आएर बल्ल काम सुरु हुने बताइनुले पनि पुष्टि गर्छ ।

डुडुवा खोला पुल

राप्ती नदीको पुलजस्तै साँघुरो र जीणर् भएको अर्को पुल हो डुडुवा खोलाको पुल । उक्त पुलमा पनि एउटा चारपांग्रे गाडि मात्रै छिर्न सक्छ । पुल जीणर् पनि भइस्केको छ । यही अवस्थालाई ध्यानमा राखेर २०७९ भदौ ४ गते नै डुडुवा खोलामा पनि पुल निर्माणको शिलान्याश गरिएको थियो । हुलाकी सडक अन्तर्गत बन्ने करिब ६६ मिटर लामो उक्त  पुलको निर्माण कार्य भने धमाधम भइरहेको छ । हुलाकी सडक कार्यालयका सूचना अधिकारी पाण्डे करिब ७० प्रतिशत निर्माण पूरा भएको र दुई महिनाभित्रै पुल सन्चालनमा आउने दाबी गर्छन् । पुलको लागत १२ करोड लाग्ने उनले बताए ।

अन्य योजनाहरु

मन्त्री राईले २०७९ भदौ ४ गते नै शिलान्याश गरेको अर्को योजना हो नेपालगन्जको पुरैनादेखि डुडुवाको सिधनियाँसम्म हुलाकी सडक बिस्तार योजना । पहिले एक लेन मात्रै रहेको उक्त सडकमा कालोपत्रे बिस्तारपपछि दुई लेनको भएको छ । आवागमन सहज भएको छ । तर, यस सडकमा स्ट्रिटलाइट पनि लडान गर्ने भनिएको थियो । जो अझै हुन सकेको छैन ।

हुलाकी सडक आयोजना अन्तर्गत नेपालगन्जदेखि गुलरियासम्म फोल लेन सडक बिस्तार योजनाको पनि मन्त्री राईले सोही समयमा शिलान्याश गरेका थिए । उक्त योजना अहिले धमाधम निर्माण भइरहेको छ । तर निर्माण कम्पनीले काम गरेको करिब ८७ लाख रुपैयाँ भुक्तानी सरकारले दिएको छैन । 

यसैगरी, नेपालगन्जको रत्न राजमार्गमा अस्फाल्ट ओभरले र स्ट्रिटलाइट जडानका योजना पूरा भइसकेका छन् । यसैगरी ट्राफिक लाइट जडानको योजना पनि मन्त्री राईले नै शिलान्याश गरेको योजना हो जो निर्माणको अन्तिम चरणमा छ ।

यसबाहेक मन्त्री राईले आफ्नो क्षेत्रका विभिन्न स्थानमा पुल र सडकहरुको शिलान्याश पनि गरेका थिए । जसमा रेडक्रसको रक्तसन्चार केन्द्रका लागि भेरी अस्पताल परिसरमा तीन करोड लागतमा भवन बन्ने चरणमा छ । यसैगरी डुडुवाको टेपरी, नौरीगौरी, हल्कारापुरुवा, रमपुरुवा, मोहनदास बाबाकुटी, अमराहवा घाटमा पनि पुल निर्माको शिलान्याश मन्त्री राईले गरेका थिए । यी सबै योजनामा ठेकेदारले तोकिएभन्दा बढी लागतको डिजाइन तयार गरेर पेश गरेकाले योजना अघि नबढेको राईले बताएका छन् । उनले पुलका योजनाहरु डिजाइन एण्ड बिल्ड पद्धतिमार्फत निर्माण गर्ने योजनाअनुसार शिलान्याश गरिएका दाबी गरे । जसमा ठेकेदारले नै डिजाइन पेश गरेर निर्माण गर्नुपर्नेमा सही डिजाइन नआएकोले स्वीकृत हुन नसकेको बताए । उनले भने, मेरो कमीकमजोरीले यस्तो भएको छैन । डिजाइन भयो, ठेक्का भयो । बिना डिजाइन त भएको छैन होला ठेक्का । यसमा यस्तै ठेक्का गर्दिने हो, डिजाइन उसैले गर्ने हो ठेकेदारले ।

Previous Post

डुडुवा : क्यामेराको निगरानीमा विद्यालय

Next Post

नारायणगढ–बुटवल सडकखण्ड विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

Next Post
नारायणगढ–बुटवल सडकखण्ड विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

नारायणगढ–बुटवल सडकखण्ड विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version