For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

मेला, महोत्सवलाई १० लाख, विपन्नको उपचार सहायताका लागि ५ लाख

byDainik Nepalgunj
February 4, 2024
in मुख्य समाचार
0 0
0
मेला, महोत्सवलाई १० लाख, विपन्नको उपचार सहायताका लागि ५ लाख
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

गणेश विशु

डुडुवा गाउँपालिकामा ४३ हजार ३९ कुल जनसंख्या छ । यसमध्ये करिब ९५ प्रतिशत नागरिक कृषिमा निर्भर छन् भने कुल जनसंख्याको झन्डै २५ देखि ३५ प्रतिशत नागरिक विपन्न छन् । यही विपन्न नागरिकको स्वास्थ्य सेवा उपलब्ध गराउन भने गाउँपालिकाले प्राथमिकता दिएको देखिँदैन । डुडुवाको बजेटमा हेर्दा विपन्नको उपचार सहायताभन्दा ठूला मेला, भण्डारा र सांस्कृति प्रवद्र्धनलाई बढी महत्त्व दिइएको छ ।

यसखालको प्राथमिकताले स्थानीय सरकार जनताभन्दा कार्यकर्ता र आफन्तप्रति उत्तरदायी भएको भन्ने आरोप बेलाबेला वडाध्यक्षहरुले नै लगाउँदै आएका छन् । विपन्नको स्वास्थ्यसँग जोडिएको विषय छ त्यसलाई सामान्य प्राथमिकता र कार्यकर्ता तथा आफन्तलाई खुसी तुल्याउन डुडुवाले कति महत्त्व दिइएको छ भन्ने कुरा बजेट पुस्तकको सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहअन्तर्गतको शीर्षक नम्बर १ र २ ले स्पष्ट पार्छ । जहाँ विपन्न नागरिकलाई बचाउने विषयमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । जसलाई विपन्न उपचार सहायता शीर्षक दिइएको छ । यसलाई नै गिजोल्ने गरी २ नम्बर बुँदामा ठूला मेला, भण्डारा र सांस्कृति प्रवद्र्धन शीर्षकमा त्यसको दोब्बरअर्थात १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसले स्पष्ट छ की डुडुवा विपन्न नागरिकभन्दा मेला महोत्सवमा बढी उत्तरदायी छ । स्थानीय सरकार विपन्न नागरिकप्रति अझ बढी जिम्मेवार हुनु पर्ने हो । तर, माथि उल्लेखित बजेट प्राथमिकताले त्यस्तो देखिँदैन ।

कार्यकर्ता रिजाउन मेला, महोत्सवका नाममा ठूलो बजेट विनियोजन भएको डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मोहन मिश्रले बताए । मेला महोत्सवलाई प्राथमिकता दिएको र यहाँका जनताको स्वास्थ्यप्रति स्थानीय सरकार जिम्मेवार नभएको उनको भनाइ छ । ‘जनतालाई बिरामी हुन नदिन सुरुदेखिनै जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने हो,’ उनी भन्छन्, ‘जहाँ जनता बिरामी नै हुनु नपरोस् ।’ सरसफाइ, खानपिनलगायतका विषयमा जनचेतना फैलाए जनताका लागि औषधिनै खरिद गर्नु पर्ने उनी बताउँछन् ।

मेला, महोत्सव के का लागि गर्ने भनेर प्रश्न गर्दै उनले भने, ‘यहाँको उत्पादन, व्यापार बढाउनुसँगै बजारिकरण गर्ने हो भने आजसम्म यहाँ कुनकुन उत्पादन व्यावसायिक भए, यहाँका उत्पादनले कहाँको बजार पाए । यसबाट यहाँका जनताले प्रत्यक्ष लाभ पाएकी पाएनन् ? यसको लेखाजोखा हुनु पर्दैन । कार्यकर्ता र आफन्त खुसी पार्ने नाममा यसरी बजेट अनुत्पादक क्षेत्रमा लगाउन मिल्छ ?’ यस्ताखालका नीति तथा कार्यक्रमको आफूहरुले विरोध गर्दै आएको उनी बताउँछन् । उपचार गर्न नसकेर वडामा आउने विपन्नलाई गाउँपालिकामा भन्दा सिधै भेरी अस्पतालमा सिफारिस गर्ने गरेको उनले बताए ।

विपन्न वर्गको स्वास्थ्यलाई पालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । स्वास्थ्यसँग जोडिएका अरु कार्यक्रमले घरघरमा स्वास्थ्य सुविधा पुगेको दाबी गर्दै उनले भने, ‘जनताको मागअनुसार सबै धर्म, जातजाति, कला संस्कृतिको संरक्षणका लागि केही पैसा विनियोजन गरिएको छ ।’ पछिल्लो समय ठूला मेला, भण्डारा र सांस्कृति प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

विपन्नको उपचार सहायताका लागि विनियोजित रकम कम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवालले बताए । ‘गाउँसभाबाट विपन्नको उपचार सहायता रकम अलि बढी पारित गर्नुपथ्र्यो,’ उनले भने, ‘प्रायः दैनिकरुपमा विपन्न व्यक्ति सहायताका लागि आइराख्नु भएको हुन्छ । कसरी व्यवस्थापन गर्ने समस्या छ ।’

विपन्न नागरिकका लागि पालिकाले बिरामीको स्वास्थ्य र आर्थिक अवस्था हेरेर पाँचदेखि २० हजार रुपैयाँसम्म सहयोग गर्न सक्ने डुडुवाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए । त्यसभन्दा बढी आवश्यक भए संघीय र प्रदेश सरकारलाई आर्थिक सहायताको लागि सिफारिस गर्ने गरिएको छ । संघ सरकारबाट एक लाख र प्रदेश सरकारबाट दुई लाख त्यस्ता बिरामीले आर्थिक सहायता प्राप्त गर्दछन् । ‘विपन्नको उपचार सहायता पाउन बिरामीको उपचार भएको कागजात र वडाको सिफारिसका आधारमा दिने गरेका छौं,’ उनले भने, ‘एक/दुई हजार भयो भने अध्यक्षको तोकादेशमा तुरुन्तै निकासा भइहाल्छ । यदी त्योभन्दा माथिको भयो भने कार्यपालिकाको निणर्यानुसार हुन्छ ।’

योसँगै गाउँपालिकाले जनताको स्वास्थ्यका लागि घरघर स्वास्थ्य कार्यक्रम, ज्येष्ठ नागरिकसँग स्वास्थ्य गाउँपालिका अध्यक्ष कार्यक्रम सुरु गरेको छ । यसबाट यहाँका नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग हुने गरेको उनको भनाइ छ । यसका लागि डुडुवाले एक करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । यसबाट यहाँका विपन्न समुदायले कति लाभ लिन सक्छन् भन्ने वडाध्यक्षहरुले आशंका भने व्यक्त गरिरहेका छन् ।

Previous Post

फेसबुकका २० वर्ष, प्रयोगकर्ता तीन अर्ब

Next Post

मेयर कप : सेमिफाइनल समीकरण पूरा

Next Post
मेयर कप : सेमिफाइनल समीकरण पूरा

मेयर कप : सेमिफाइनल समीकरण पूरा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version