For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 20, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Entertainment

वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

byDainik Nepalgunj
April 4, 2025
in Entertainment, News, मुख्य समाचार
0 0
0
वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज ग¥यो । यसकारण विसं २०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष बन्नेछ ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यो वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन्भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदैछ । यो वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ । विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले पनि अहिले एउटा अङ्क भन्न कठिन रहेको बोर्डको भनाइ छ ।   

यो वर्षको सुरुआतमा वैशाख १ गते प्रदर्शन भएको ‘डिग्री माइला’ ले ठीकठाक व्यापार गरिरहँदा वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ ले आक्रामक व्यापार गर्न सफल भयो  । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा प¥यो । केकी अधिकारीले अभिनय गर्नुभएको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार ग¥यो । 

‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोडको हाराहारीमा व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ । त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ ले चलचित्र क्षेत्रलाई चलायमान बनायो । 

यी दुवै चलचित्र प्रदर्शन अगाडि सामान्य सोचिएका थिए । तर, प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ ‘रेकर्ड’ बनाउन सफल भए । यो वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आउनुभएको निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो वर्ष ‘स्टार’ भनिने कलाकारका चलचित्रभन्दा सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । तर, समग्र वर्षको तथ्याङ्क हेर्ने हो भने समग्र बजारको आकार भने बढेको छैन ।”

उहाँले “रैयाँ चाँदीको” बोलको हिट गीतका साथ बनेको ‘पूर्णबहादुरको सारङ्गी’ ले गरेको व्यापार ऐतिहासिक भए पनि अन्य चलचित्रले उल्लेख्य व्यापार गर्न नसक्दा समग्रमा अघिल्ला वर्षकै तुलनामा बजारमा हुने व्यापारको आकार सीमित भएको बताउनुभयो । 

चलचित्र वितरक तथा निर्माण समूहको दाबीअनुसार यो वर्ष घरेलु बजारमार्फत अघिल्ला उल्लिखित चलचित्रसँगै ‘छक्का पञ्जा ५’, ‘होस्टेल ३’, ‘अन्जिला’ ले लगानी सुरक्षित गर्दै मुनाफा आर्जन गर्न सफल भए । यसबाहेक विदेशी बजारसहित ‘घर ज्वाईं’, ‘गाउँ आएको बाटो’ र ‘लाज शरणम्’ चलचित्रले निर्मातालाई घाटा गराएन । चलचित्र ‘वसन्त’ चैत २२ देखि प्रदर्शनरत रहेकाले यसको व्यावसायिक तथ्याङ्क आउन बाँकी छ । 

यस वर्ष अरू पनि चलचित्र बजारमा देखिए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको अभिनयमा ‘महापुरुष’का साथै चलचित्र ‘राजागन्ज’ विवादका बीच प्रदर्शनमा आए । 

अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रका लागि यो वर्षको सुरुआत राम्रो भए झैँ अन्त्य पनि सुखद हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो वर्ष भिन्नभिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको सुरुआत निकै राम्रो रह्यो । इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो । यस वर्षको अन्त्य पनि सुखद हुने विश्वास लिएको छु ।”

उहाँले वर्षको अन्त्यमा प्रदर्शन हुने चलचित्रले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । चलचित्रमा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताउनुभयो । “चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो, किनकि कलाकारमा केन्द्रित हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुनसक्छ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भन्नुभयो । 

यो वर्षको सुरुआतमा प्रदर्शन भएका चलचित्रको व्यापारले आशावादी बनाएको थियो । तर, वर्षको अन्त्यमा बजार उही आकारमा रहनुले अघिल्ला वर्षभन्दा फरकपन ल्याउन नसकेको वितरक श्रेष्ठको बुझाइ छ । “एक दुई चलचित्रको सफलताले हामीलाई उत्साहित बनाउनु स्वाभाविक हो । तर, समग्र वर्षभरिमा भएको व्यापारको आकार नबढ्ने हो भने त्यसलाई उपलब्धि कसरी मान्न सकिन्छ ?”, वितरक श्रेष्ठले भन्नुभयो । 

बजारको आकार बढ्न र नयाँ दर्शक चलचित्र भवनसम्म ल्याउन एउटा फरक चलचित्र चाहिने उहाँको बुझाइ छ । “लुट चलचित्रले बनाएको नयाँ दर्शकलाई कबड्डी, छक्का पञ्जा, जात्राजस्ता चलचित्रले बढाए । त्यस्तै, एउटा चलचित्र अहिलेको समयमा चाहिएको छ, अनि नयाँ दर्शक थपिनाका साथै चलचित्रको नयाँ युगको सुरुआत हुन्छ,” वितरक श्रेष्ठले भन्नुभयो । 

उहाँ आफैँ आउँदो वर्ष २०८२ मा चलचित्र निर्देशन गर्ने तयारीमा हुनुहुन्छ । यो वर्ष प्रदर्शन भएका झन्डै नौवटा चलचित्रमा अभिनेता दयाहाङ राईले अभिनय गर्नुभयो । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘डिग्री माइला’ वैशाख १ मा प्रदर्शन भएको थियो भने चैत २९ मा ‘पिताम्बर’ प्रदर्शन हुँदैछ । अर्थात् वर्षको सुरुआतदेखि अन्त्य पनि उहाँकै चलचित्रमार्फत हुँदैछ । यद्यपि उहाँले सङ्ख्या बढाउने मात्र नभई भिन्न विषयवस्तुका कारण आफूले चलचित्रमा अभिनय गरेको बताउनुभयो । 

“मैले कथामा विविधता देखेर चलचित्रमा काम गरेको हुँ । तपाईंले सङ्ख्यासँगै विषयवस्तु हेर्नुभयो भने एउटा अभिनेता त्यसलाई छाड्न सक्दैन । साथै मेरो उपस्थितिले कुनै निर्देशक र निर्मातालाई लाभ मिल्छ र मलाई विषय मन परेको छभने किन नगर्ने ?” अभिनेता राईले भन्नुभयो । 

यो वर्ष प्रदर्शन भएको चलचित्र ‘छक्का पञ्जा ५’ ले १५ करोड २१ लाख, चलचित्र ‘१२ गाउँ’ ले १९ करोड ९१ लाख रूपैयाँ घरेलु बजारमा व्यापार गरेको तथ्याङ्क बक्सअफिसमा छ । यी चलचित्रको व्यापार हुनुको एउटा मुख्य कारण परिवार नै दर्शक बनेर चलचित्र भवनसम्म आउनु हो । यसअगाडि पनि व्यावसायिक रुपमा सफल भएका अधिकांश चलचित्रमा सबै उमेर समूहका दर्शकको उपस्थिति देखिएको छ । निर्देशक पुर्नेन्दु झाले चलचित्रको पर्दामा देखिने पात्रसँग दर्शक जोडिने पारिवारिक चलचित्रले घरेलु बजारमा सफलता पाउने गरेको भाष्यले यस वर्ष पनि निरन्तरता पाएको बताउनुभयो । 

“नेपालमा सफल भएका चलचित्रहरू आफ्नै मौलिक कथा बनेको पाइएको छ । यो वर्ष पनि सफल भएका चलचित्र सूची हेर्दा मौलिक कथा, सामाजिक विषयले दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गरेको पाइयो । यद्यपि व्यापार मात्र सोचेर चलचित्र बनाउनु भने हुन्न, किनकि यसले विविधतामा असर गर्नाका साथै बजारीकरण गर्छ । चलचित्र भवनसम्म आउँदा दर्शकमा देखिएको उत्साह निस्किँदा पनि देखियोस् भन्ने सोच राखेर चलचित्र निर्माण गर्न सक्नुपर्दछ,” निर्देशक झाले भन्नुभयो ।

चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन्, यसकारण यस वर्ष भइरहेका कामले आशावादी हुने ठाउँ प्रशस्तै दिएको छ । कामको नतिजा आउँदो वर्ष देखिनेछ, जहाँ नेपाली चलचित्रले कलात्मक र व्यावसायिक दुवै पाटोमा आफूलाई अब्बल साबित गर्ने चलचित्रकर्मीको विश्वास छ । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आगामी वर्ष चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि बनेको ‘चलचित्र ऐन’ संशोधन हुने, बक्सअफिसमा ‘रियल डाटा’ प्राप्त हुने लगायतका बोर्डका कार्यले चलचित्रकर्मीलाई लाभान्वित बनाउने बताउनुभएको छ । एक तथ्याङ्कअनुसार हाल नेपाली चलचित्र उद्योगमा करिब १० हजार कलाकर्मी आबद्ध छन् ।

यो वर्ष चलचित्र भवनले सो सङ्ख्या नदिएको विवाद धेरै पटक उठ्यो । यही कारण निर्देशक निश्चल बस्नेतले चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रदर्शन स्थगित गरेर ‘ओभर दी टप (ओटिटी)’ मा चलचित्र प्रसारण गर्नुभयो । यद्यपि न्यून शोबाट सुरु भएको ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको व्यापारका कारण सर्वकालीन सफल पनि बन्न पुग्यो । फलस्वरूप नेपाली चलचित्रले गरिरहेको व्यापार देखेर वितरकले विदेशी चलचित्र नेपालमा महङ्गो मूल्यमा ल्याउने सङख्या कम गरेका छन् ।

विदेशी चलचित्रकै कारण स्वदेशी चलचित्र हेपिएको प्रश्न उठिरहँदा केही नेपाली चलचित्रले विदेशी चलचित्रलाई पराजित गर्दै सफल बनेपछि नेपाली निर्मातामा साहस र ऊर्जा थपिएको छ । हाल प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ ले राम्रो व्यापार गरेपछि भारतीय चलचित्र ‘सिकन्दर’ नेपालमा असफल बनेको छ । यी यस्तै गतिविधिले गरेको सङ्केतका कारण पनि आउँदो वर्ष विसं २०८२ नेपाली चलचित्रका लागि राम्रो हुनेमा आशावादी हुन् सकिन्छ । 
Previous Post

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

Next Post

सत्ताको अहंकारमा बेलगाम बोली

Next Post
सत्ताको अहंकारमा बेलगाम बोली

सत्ताको अहंकारमा बेलगाम बोली

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    जुम्लामा मार्सीधान रोपाइँ सुरु

    May 20, 2025
    कोहलपुरका शाखा प्रमुखसहित दर्जनबढी कारवाहीमा

    अनुदानमा कृषि उपकरण पाएपछि किसान खुसी

    May 20, 2025
    चार महिनापछि यारी नाका भन्सार कार्यालय सञ्चालनमा

    हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह

    May 20, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

    May 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version