वीरेन्द्रनगरमा शनिबार राति गोली चल्यो : चारजना पक्राउ

सुर्खेतमा शनिबार राति गोली चलेको छ । वीरेन्द्रनगर नगरपालिका-१ को गौरीटोलमा राति ९ बजेतिर गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरकै स्थानीय विनोद गिरीको गाडीलाई लक्षित गरी गोली हानिएको अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार विनोद चढ्दै आएको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न भएको आरोपमा चारजना पक्राउ परेका उनले बताए । उनीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र एक मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा भारतीय सुटर पनि संलग्न छन् । दुवै पक्षले गोली चलाएको पनि प्रहरी स्रोतको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version