शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० विन्दुमा झरेको छ ।
आज होटल तथा पर्यटन र उत्पादनबाहेक सबै समूहको शेयर घटेको छ । दोहोरो अङ्कले बजार घटेको दिन चिरख्वा हाइड्रोपावरको शेयर झन्डै साढे सात प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन ग्लोबल आईएमई लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज ५५ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब आठ करोड रुपैयाँको शेयर किनबेच भयो ।