आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।
कोहलपुर स्थित एक उद्योगमा काम गर्दै आएका बर्दिया बाँसगढी नगरपालिका वडा नं. ४ का अनिल विकले आफ्नी श्रीमति सुशिला सुनारलाई धारिलो हतियारले ढाडमा प्रहार गरेका थिए ।
अनिलले आज मंगलबार विहान गम्भीर घाइते श्रीमति सुशिलालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर ल्याएपनि अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । अनिलमाथि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।