धनगढीमा लामो समयदेखि विद्युत् महसुल नबुझाउने सरकारी कार्यालयको नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएको छ । पटकपटक ताकेता गर्दा पनि उनीहरु महसुल बुझाउन आनाकानी गरेकाले उनीहरुको विद्युत् लाइन काटिएको हो । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख दुई हजार ६ सय सात रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ । लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६ सय ४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् ।
सात सरकारी कार्यालयको विद्युत् लाइन काटियो
- Dainik Nepalgunj

- Categories: Social
Related Content
सीमानाकामा सञ्चालित हेल्थ डेस्कका कर्मचारीले पाएनन् तलब
by
Dainik Nepalgunj
March 27, 2024
बझाङमा चट्याङले लागेर एक जनाकाे ज्यान गयो, ७ जना घाइते
by
Dainik Nepalgunj
March 23, 2024
बाँदर धपाउन किसानलाई कुकुर !
by
Dainik Nepalgunj
March 22, 2024
तुइन मुक्त कालिकोट
by
Dainik Nepalgunj
March 22, 2024
काँक्रेबिहारमा वन्यजन्तु असुरक्षित
by
Dainik Nepalgunj
March 22, 2024