अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण

चर्को गर्मीका बेला विद्युत अनियमित भएपछि नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई बुधबार ध्यानाकर्षण गराइएको छ ।

नेपालगन्ज स्थित नागरिक समाजको अगुवाईमा नेपालगन्ज वितरण केन्द्र प्रमुख ई. संजय कुमार मिश्रलाई भेटेर ध्यानाकर्षण गराइएको हो ।

नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रमा भएको छलफलमा नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले हरेक गर्मीका बेला नेपालगन्जबासीले विद्युत अनियमितताको समस्या झेल्नु परिरहेको बताउँदै विगतमा प्राधिकरणले विद्युत नियमित गर्ने प्रतिबद्धता पूरा नगरेको बताएको । उनले कुनै पनि वाहानामा बिद्युत अनियमित हुने कुरा नागरिक समाजलाई सह्य नहुने भन्दै बितरण केन्द्र प्रमुखको ध्यानाकर्षण गराए ।
यसैगरी हरित अभियन्ता हेमन्तराज काफ्लेले गर्मीले आक्रान्त नेपालगन्जमा विना सुचना लाइन काटिदा बिद्यार्थीहरुलाई निकै मर्का परेको सुनाए ।

बास नेपालका निर्देशक हेमराज भट्टले नेपालगन्ज वितरण केन्द्र र मातहतका सबै कार्यालयहरुबाट समयमा सूचना आम नागरिक सम्म पुर्याउने गरी सुधार गर्न सुझाव दिए । उनले कार्यालयको फोनसँगै एउटा मोवाईल नम्बर समेत आम नागरिकको समस्या र गुनासो सम्बोधनका लागि सार्वजनिक गर्न माग गरे ।

नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिब भिम रानाभाटले बिद्युत समस्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर आम ब्यवसायीहरुमा परेको भन्दै समयमानै सुधार गर्न अनुरोध गरे ।

Exit mobile version