नेपाल मुस्लिम इत्तहोद संगठनको यही वैशाख २० र २१ गते हुने महाधिवेशनको क्रममा बुधबार नेपालगन्जको ट्राफिक चोकदेखि बाबुगाउँ सम्म सरसफाई गरिएको छ ।
ट्राफिक चोकदेखि महाधिवेशन आयोजना क्षेत्र बाबुगाउँसम्म युवा विद्यार्थीहरूको सहभागितामा सरसफाई कार्यक्रम गरिएको नेपाल मुस्लिम इत्तहोद संगठन संगठन महाधिवेशन आयोजक समितिका प्रचारप्रसार तथा मिडिया संयोजक सकिल अहमद कादरीले जानकारी दिए । प्रचार संयोजक कादरीले महाधिवेशनको सन्दर्भमा विद्यार्थीहरू स्वस्फूर्त आयोजना स्थलसम्मको सरसफाईमा सहभागी भएका हुन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुर्य ढकालको प्रमुख आतिथ्यता र नेकपा एमाले बाँके स्थानीय विकास विभाग प्रमुख मीन बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका नेता माधव खत्री, आयोजक मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाई, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य विजया धिताल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्ग, एमाले नेता कृष्ण थापा, एमाले नेता राजेन्द्र कँडेल लगायतको उपस्थिति रहेको थियो ।