आगामी वैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औं केन्द्रीय महाधिवेशन तयारीका क्रममा नेपालगन्जको पासाङ्ग ल्हामु मार्गमा शुक्रबार सरसफाई गरिएको छ ।
नेकपा एमाले बाँके स्थानीय विभागको आयोजनामा सरसफाई सहित इत्तेहादको महाधिवेशन प्रचार गरिएको हो । विभाग प्रमुख मीन बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मो. हारुन हलवाई, पशुपति दयाल मिश्र, नेकपा एमाले सम्बद्धको सहभागिता थियो ।