अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक तोला सुनको मूल्य दुई लाख नजिक
- Dainik Nepalgunj

- Categories: News
Related Content
‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने
by
Dainik Nepalgunj
April 22, 2025
प्रजिअलाई पत्र – २
by
Dainik Nepalgunj
April 22, 2025
विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति
by
Dainik Nepalgunj
April 22, 2025
पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा
by
Dainik Nepalgunj
April 22, 2025
भेरी अस्पतालमा आज मृर्गौला प्रत्यारोपण गरिंदै
by
Dainik Nepalgunj
April 22, 2025