For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 3, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

एनसीसी तालिम लिएकै सेना–प्रहरी बन्नलाई होः दीक्षित विद्यार्थी

byDainik Nepalgunj
January 15, 2024
in News
0 0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

रुपनी जि एम
‘मैले सानैदेखि देखेको सपना हो नेपाल प्रहरी बनेर देशको सेवा गर्ने ।’ एनसीसीको दिक्षान्त समारोह सम्पन्न भएपछि प्रथम छात्रका रुपमा एसयूओ क्याडेटका जीवन शाहीले भन्नुभयो,‘एनसीसीको तालिमले मैले सानैदेखि प्रहरी बन्नलाई देखेको सपनालाई पूरा गर्न ठूलो मद्दत गर्नेछ ।’ कालिकोट खाडाचक्र नगरपालिका–१ का जीवन शाही जनजीवन माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययरत हुनुहुन्छ ।


नेपाल प्रहरीमा सिधै प्रहरी निरीक्षक बन्ने सपना देख्नु भएका शाहीले भर्खरै नेपाली सेनाले सञ्चालन गरेको राष्ट्रिय सेवा दल (एनसीसी) को १०० दिने तालिम पूरा गर्नु भएको छ । सो तालिमले आफुमा व्यक्तित्व विकास, अनुशासन, शारिरीक तथा मानसिक रुपमा सक्षम बनाउनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘यो तालिमा सहभागी भएपछि राष्ट्रप्रतिको मेरो सोचाई नै बदलिएको छ । यस्ले मलाई शारिरिक र मानसिक दुवै रुपमा राष्ट्र सेवक बन्नलाई सहयोग गरेको छ ।’ जीवनले भन्नुभयो ।


स्कूलमा पनि प्रथम श्रेणीमा अध्ययनरत जीवन आफु अध्ययनरत विद्यालयका शिक्षक, परिवार र साथीभाईसँगै उक्त तालिममा सहभागीहरु मध्यबाट योग्य र सक्षम क्याडेटका रुपमा प्रथम छात्र बन्न पनि सफल हुनु भएको थियो । एसयूओ क्याडेटका प्रथम हुनु भएका शाहीलाई श्री सुदुर पश्चिम पृतनाका पृतनापति उपरथी गणेश कुमार श्रेष्ठले दिक्षित गर्नु भएको थियो । दिक्षित हुँदै गर्दा जीवनले बुवाआमा र साथीभाईलाई सम्झंदै प्रहरी बनेरै छाड्ने संकल्प लिएको उहाँले बताउनुभयो ।


सुर्खेतकी अपेक्षा गुरुङले देखेको सपना जीवनसँगै मिल्दो जुल्दो भएपनि केही फरक भने पक्कै छ । जीवन नेपाल प्रहरी बनेर देशको सेवा गर्ने बताउनुहुन्छ भने अपेक्षा भविष्यमा नेपाली सेना बनेर देशको रक्षा गर्ने बताउनुहुन्छ । एसओएस हर्मन माइनर स्कूलमा १० कक्षामा अध्ययनरत अपेक्षाले पनि वेष्ट क्याडेटको ब्याच उपरथी श्रेष्ठबाट प्राप्त गर्नु भएको थियो ।


‘म जान्ने बुझ्ने भएदेखि नै नेपाली सेना बन्ने चाहाना छ । त्यसका लागि मलाई शारिरीक र मानसिक दुबै रुपले तयार गर्न यो तालिमले महत्वपुर्ण सहयोग खेल्ने छ ।’ अपेक्षाले भन्नुभयो,‘सेनामा जाने भएर होला गुरुहरुले सिकाएकाले सबै कुराहरुलाई कार्यान्वयन गर्न सकें र त्यसैको फलस्वरुप केटीतर्फको वेष्ट क्याडेट बन्न सफल भएँ ।’ अपेक्षाले नजिकै गरेको एसइइ परीक्षा भन्दा पनि एनसीसीको त्यो तालिम आफुलाई महत्वपूर्ण लागेको बताउनुभयो ।


‘स्कूलमा सरहरुले एसइईको तयारी गर्नुपर्ने भएकाले १० कक्षाका विद्यार्थीहरुलाई एनसीसीमा सहभागी नगराउने भन्नु भएको थियो,’ उहाँले भन्नुभयो,‘मेरो एक मात्र लक्ष्य नै नेपाली सेना भएर देशको रक्षा गर्ने एसइई नबिगार्ने प्रतिबद्धतासँगै तालिममा सहभागी हुने अडान लिएँ र तालिममा वेष्ट क्याडेट बन्न सफल पनि भएँ ।’ तालिमको सय दिन जीवनलाई जस्तै अपेक्षालाई पनि चुनौतिपूर्ण बनेको उहाँले अनुभव सुनाउनु भयो ।


उमेरले भर्खरै १६ वर्ष लाग्नु भएकी अपेक्षालाई एनसीसी तालिममा सहभागी हुनका लागि परिवारको पुरै समर्थन रहेको उहाँले बताउनुभयो । आफुभन्दा अघिल्ला ब्याजका दाईदिदीहरुलाई एनसीसीको तालिम लिएको देखेर सिनियरहरुबाट प्रभावित भएको हुनाले आफुले पनि उक्त तालिममा भाग लिएको अपेक्षाको भनाई थियो । ‘म आर्मी बन्छु भन्ने त चाहाना मनमा थियो नै तर एनसीसीको तालिमले सहज बनाउँछ भन्ने कुरा मैले अघिल्ला ब्याजका दाईदिदीहरुबाट थाहा पएकी हूँ ।’ अपेक्षाले भन्नुभयो ।


अपेक्षा र जीवन जस्तै कर्णाली सहित सुदूरपश्चिम र लुम्विनीका १५ विद्यालयका पाँच सय २६ विद्यार्थी मध्यकी एक हुनुहुन्थ्यो विभु उपाध्याय पनि । विभु सुर्खेतमा रहेको एसओएस विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा हुनुहुन्छ । बुवाको सल्लाहमा एनसीसीमा भाग लिन विभु बाँकेको कौशिनगर स्थित राष्ट्रिसेवा दलमा सञ्चालित उक्त तालिममा सहभागी हुनुहुन्थ्यो । तालिम पश्चात विभुुको लक्ष्य फेरिएको छ ।


१४ वर्षिय विभु भन्नुहुन्छ,‘पहिले सेना वा प्रहरी जे सुकै भएपनि सुरक्षाकर्मी बन्ने मेरो रुचिको विषय थिएन् ।’ उहाँले भन्नुभयो,‘राष्ट्रिय सेवा दलको तालिम लिएपछि सेना–प्रहरीको महत्व बुझ्ने पाएँ । राष्ट्र सेवकलाई हेर्ने नजर नै परिवर्तन भयो ।’ विभुले आफुसँगै आफ्ना उमेर समूहका साथीहरुलाई एनसीसीको तालिम लिन पनि सल्लाह दिनुभयो । उहाँले भन्नुभयो,‘यदि भविष्यमा सेना या प्रहरी बन्ने इच्छा छ भने एनसीसीको तालिम लिनु होला यस्ले धेरै नै सहयोग गर्छ ।’


घरमा बिहान सात साढे सात बजेसम्म सुतिरहने विभु तालिममा तोकिएकै समयम बिहानै पाँच बजे नै उठ्नु पर्दा शुरुशुरुमा गाह्रो भएको उहाँले अनुभव सुनाउनुभयो । विभुको अनुसार तालिम अवधिभरी नै सैनिक नियमलाई पालना गरेर दिन काट्नु अरुको तुलनामा केही सकस नै थियो । तर विस्तारै त्यही सैनिक नियम नै प्यारो लाग्न थालेको उहाँले मुस्कुराउँदै बताउनुभयो । ‘शुरुमा त मलाई सैनिक नियम अनुसार चल्न धेरै नै गाह्रो भयो । तर विस्तारै मलाई त्यही नियम मन पर्न थाल्यो ।’ विभूले भन्नुभयो,‘पछिपछि त आफैले आफुलाई सेना हूँ जस्तो महसुस गर्न थालें ।’


प्रमुख अथितिका रुपमा रहुन भएका श्री सुदुर पश्चिम पृतनाका पृतनापति उपरथी गणेश कुमार श्रेष्ठले उक्त दिक्षान्त समारोहमा दिक्षित हुनु भएका विद्यार्थीहरुलाई लगनशिल, अनुशासित र लक्ष्यप्रति एकाग्र भएर अघि बढ्न आग्रह गर्नुभएको थियो । एनसीसी नेपाल सरकारको उच्च प्राथामिकतामा रहेको जानकारी गराउँदै उपरथी श्रेष्ठले विद्यार्थीहरुलाई राष्ट्रप्रति समर्पित बफादार योद्धा बन्न मद्यत गर्ने बताउनु भएको थियो ।
‘एनसीसीको तालिमले विद्यार्थीहरुलाई शारीरिक र मानसिक दुबै रुपमा नेतृत्व विकासका लागि सक्षम बनाउनमा मद्यद पुर्याउँद छ । यो तालिमले विद्यार्थीहरुलाई आफ्नो राष्ट्र र राष्ट्रियता प्रति जिम्मेवार बन्नमा सहयोग पुर्याउँद छ ।’ उहाँले भन्नुभयो,‘एनसीसी तालिम लिएका विद्यार्थीहरुलाई राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारको विकास गर्नमा सहयोग गदर्छ ।’ विद्यार्थीहरुद्धारा दिक्षान्त कवाज प्रदर्शनी गरिएको थियो ।


दर्जान्नी चिन्ह् प्राप्त गर्नेहरुमा प्रथम छात्रका रुपमा एसयूओ क्याडेटकाजनजीवन माध्यामिक विद्यालय कालिकोटमा अध्ययनरत छात्र जीवन शाही र प्रथम छात्राका रुपमा कम्पनी जेयुओ क्याडेट एसओएस हर्मन माईनर स्कूल सुर्खेतमा अध्ययनरत अपेक्षा गुरुंग लगाएत २० जनालाई उपरथी श्रेष्ठसँगै बाँके राँझा स्थित श्री नं.४ बाहीनीका बाहीनीपति सहायकरथी प्रकाश थापा र सशस्त्र प्रहरीबल जवान तलिम शिक्षालय नौबस्ताका समादेशक सशस्त्र प्रहरी वरीष्ठ उपरीक्षक प्रविण कंडेलद्धारा दार्जान्नी चिन्ह् प्रदान गरिएको थियो ।
एनसीसीको क्याम सञ्चालन पुसको ९ गतेबाट शुरु भएको शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी बालकृष्ण कार्कीले जानकारी दिनुभयो । उक्त दिक्षान्तमा लुम्बिनी र कर्णाली प्रदेशका १५ वटा स्कूलका विद्यार्थीहरु दिक्षित हुनु भएको थियो । दोश्रो चरणको उक्त क्याममा दुई सय ६२ छात्र र दुई सय ६४ छात्रा दिक्षित हुनु भएको थियो भने तेश्रो चरणको क्याम माघ २ गतेबाट सञ्चालन हुने प्रमुख सेनानी कार्कीले बताउनुभयो ।


विद्यर्थीहरुलाई क्याडेटका रुपमा तयार गर्न नेपाली सेनाले सम्वन्धीत विद्यालयमा नै ७९ दिन तालिम दिने गर्दछ । बाँकी २१ दिने सेनाकै तालिम शिक्षालयमा पुगेर विद्यार्थीहरुले तालिम लिनुपर्छ । तालिम अवधिमा विद्यार्थीहरुलाई आधारभूत कुरासँगै खुकुरी ड्रिल लगाएतका सैन्य तालिम दिएर पोक्त गराईएको हुन्छ । जस्ले गर्दा भोलीका दिनमा एनसीसी दीक्षित विद्यार्थीहरु सेना–प्रहरीमा भर्ना हुँदा निकै सहज पनि हुन्छ ।


राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय बाँकेका शिक्षाधिकृत प्रमुख सेनानी कार्कीले सहभागी अधिकांसको लक्ष्य नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा भर्ना हुने भएको हुनाले त्यस्ता विद्यार्थीहरुलाई यो तालिमले सहयोग पुग्ने बताउनुभयो । ‘एनसीसीमा सहभागी हुने अधिकांसको लक्ष्य नै सेना या प्रहरी बन्ने हुन्छ,’ उहाँले भन्नुभयो,‘त्यस्ता लक्ष्य भएका विद्यार्थी भाई बहीनिहरुलाई यो तालिमले लक्ष्य निर्धारण गर्न सहयोग गरेको पाएका छौं ।’


राष्ट्रिय सेवा दल जुनियर डिभिजनका पाँच सय २६ क्याडेट दीक्षित


राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय बाँकेबाट पाँच सय २६ क्याडेट दीक्षित हुनु भएको छ । कर्णाली, सुदूरपश्चिम र लुम्विनी प्रदेशका १४ जिल्लाका १५ विद्यालयका पाँच सय २६ विद्यार्थीहरु दीक्षित भएको शिक्षालयले जनाएको छ । जुनियर डिभिजन एनसिसी तालिमको वार्षिक सामूहिक क्याम्प (दोस्रो चरण) का विद्यार्थीहरु सहभागी तालिमको समापन गर्दै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी गणेशकुमार श्रेष्ठले तालिममा सहभागी विद्यार्थीहरुलाई दीक्षित गर्नु भएको थियो ।


उपरथी श्रेष्ठले युवा वर्गलाई अनुशासित, नेतृत्व क्षमताको विकास, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना, विकास तथा विपद् उद्दार कार्यमा दक्ष स्वयंसेवकका रूपमा अडिग रहन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले अनुशासन नै राष्ट्रिय एकताको बलियो आधार भएको बताउँदै तालिम पश्चात पनि विद्यार्थीहरुलाई अनुशासित जीवन जिउन सल्लाह दिनुभएको थियो ।


‘अनुशासनले नै राष्ट्रिय एकता कायम हुन्छ, हामी अनुशासित हुन सक्यौँ भने यसले देशमा राष्ट्रिय एकता कायम गर्न मद्दत गर्छ,’ दीक्षान्त तथा कवाज समारोहमा दीक्षित क्याडेटहरूलाई सम्बोधन गर्दै उपरथी श्रेष्ठले भन्नुभयो, ‘तालिम अवधिभर सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु हुनेछ भन्ने कुरामा म विश्वस्त छु ।’


सोही क्रममा उपरथी श्रेष्ठले युवा आदान प्रदान कार्यक्रमको दायरा फराकिलो बनाउँदै सार्क राष्ट्रसँगै नयाँ मित्रराष्ट्रहरुसँग पनि पहल गरिने बताउनुभयो । ‘एनसीसीमा सहभागी छात्रछात्राहरुलाई विभिन्न देशहरुमा सहभागी गराउँदै नेपालभित्रै पनि एनसीसी संख्यालाई विस्तार गर्ने छौं ।’ उहाँले भन्नुभयो,‘तपाईँहरुमा भर्खर पलाउँदै आएको राष्ट्र भावलाई कालान्तरसम्म रहिरहोस् भन्नका लागि हरेक प्रकारका कोशिष गरिनेछ । यो कुरामा ढुक्क हुनुहोला ।’


तालिममा सर्वोत्कृष्ट क्याडेट छात्रतर्फ जनजीवन मावि कालिकोटका क्याडेट जीवन शाही तथा सर्वोत्कृष्ट क्याडेट छात्रातर्फ एसओएस हर्मन माइनर स्कूल सुर्खेतका क्याडेट अपेक्षा गुरुङलाई उपरथी श्रेष्ठले दीक्षान्त समारोहमा दर्जान्नी चिन्ह प्रदान गर्दै दीक्षित गर्नु भएको थियो ।


उक्त दिक्षान्त समारोहमा शम्शेरगञ्ज स्थित ओभरीमा रहेको अर्जनुवाण गणका गणपति प्रमुख सेनानी अशोक खड्का, राझाँ स्थित बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठ, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी लगाएत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।


राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय कौशिलानगर बाँकेमा शनिबार एनसीसीको दीक्षान्त समारोह सम्पन्न भएको थियो । उक्त दीक्षान्तमा सिसम ४९ जुनियर डिभिजनका विद्यार्थीहरु दीक्षित भएका थिए ।

Previous Post

सेनाद्वारा मन्दिर परिसरमा बसेकाहरुलाई संक्रान्तिको ध्यू चाकु वितरण

Next Post

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

Next Post
नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0

    बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम

    June 2, 2025

    यातायात व्यवसायीसँग वार्ता सुरु

    June 2, 2025
    नेपालमा आँप नपाक्दै भारतीय आँप बजारमा

    धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट

    June 2, 2025
    चीनमा १०० जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ

    विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

    June 2, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version