एमाले बाँकेको अध्यक्षमा गुरुङ्ग निर्वाचित

Exif_JPEG_420

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ्ग निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदान गुरुङ्गले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत प्राप्त गरे ।

उपाध्यक्ष निर्वाचित रत्न खत्रीले ३ सय १३ मत प्राप्त गरेका छन् । प्रत्यासी रविन्द्र लम्सालले १ सय ३८ मत प्राप्त गरे ।

सचिवमा १ सय ३९ मत प्राप्त गरी बलराम भट्टराई निर्वाचित हुँदा प्रत्यासीहरु खिलप्रसाद भुसालले १ सय १७, दत्तप्रसाद आचार्यले ८८, भीम ओलीले ९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपसचिव महिला तर्फ निर्मला सुनार १ सय ९८ मत सहित विजयी भइन् । उनको निकटतम रहेकी शारदा कुमारी रेग्मी विश्वकर्माले १ सय ३४ र रचना श्रेष्ठले १ सय १५ मत प्राप्त गरिन् ।

उपसचिव खुल्ला तर्फ किशोर थापा २ सय ६३ मत सहित विजयी भए । उम्मेदवार दिपक कुमार बर्माले १ सय २९ र सोहनलाल यादवले ४५ मत प्राप्त गरे ।

पदाधिकारीको मतगणना सकिएपनि निर्वाचन समितिले आधिकारिक सार्वजनिक गरेको छैन । समितिका सदस्यले केहीबरेमा आधिकारिक रुपमा सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिएका छन् ।

४ सय ६८ मतदाता रहेको एमाले बाँकेमा ४ सय ५८ मत खसेको निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले जानकारी दिए ।

गत शुक्रबार सुरु भएको अधिवेशन अन्तर्गत आइतबार साँझ मतदान भएको थियो । सहमतिको प्रयासका कारण अधिवेशन लम्बिएको थियो ।

Add Your Heading Text Here

Exit mobile version