इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ बर्ष रहेको छ भने यहूदी महिलाहरूमा २५.६ बर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ बर्ष छ । सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०.७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो । इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए । इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् । यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १.५८ बच्चाको तुलनामा बढी हो । सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ । यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् ।
कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला
- Dainik Nepalgunj

- Categories: World
Related Content
पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
by
Dainik Nepalgunj
May 26, 2026
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
by
Dainik Nepalgunj
May 26, 2026
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
by
Dainik Nepalgunj
May 25, 2026
रुबियोको सङ्केत : इरान सम्झौता आजै हुन सक्छ
by
Dainik Nepalgunj
May 25, 2026
ह्वाइट हाउस नजिक गोलीकाण्ड
by
Dainik Nepalgunj
May 24, 2026