For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle Health

कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?

byDainik Nepalgunj
December 23, 2024
in Health, मुख्य समाचार
0 0
0
कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

“नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच दिनसम्म बस्नुपथ्र्यो, चुलामा आफूले केही छुन नहुने, कलकल पानी खान मन लाग्थ्यो, भोक लाग्थ्यो, पकाएर खान दिने मान्छे भए खायो, नत्र भोकै”, ६४ वर्षीया विष्णुमाया बुढाथोकी आफ्नो अतीत सम्झँदै भन्नुभयो । दोलखाको सुस्पा क्षमावती–१ की विष्णुमायाले आफ्नो महिनावारी चक्रका अनगिन्ती यातनाका दिनलाई अहिले पनि बिर्सन सक्नुहुन्न ।

चार सन्तानकी आमा विष्णुमायाको जीवन केवल शारीरिक पीडा मात्र होइन, सामाजिक अन्याय र मानसिक सङ्घर्षले भरिएको थियो । “महिनावारी हुने बित्तिकै लालाबाला बच्चा भोकाउने, आफूलाई पनि भोक लाग्ने तर चुलामा गएर खाना पकाउन नपाउने अवस्था थियो”, उहाँले विगत पीडा स्मरण गर्दै सुनाउनुभयो, “पानीसमेत निकालेर खान नपाएको क्षण सुनाउँदा अहिले पनि मलाई मुटु फुलेर आउँछ, गला अवरुद्ध हुन्छ ।”

श्रीमान्को पर्खाइमा भोकभोकै दिन

श्रीमान् मात्र थिए विष्णुमायाका लागि सहारा तर त्यहाँ पनि सहजता थिएन । “भान्सामा काम गर्नुपर्दा कहिलेकाहीँ श्रीमान्ले रिसाएर भाडा ठटाउनुहुन्थ्यो, म डराउँदै, थाक्दै पर्खेर बस्नुपथ्र्यो, खाना पाकेर खाँदासम्म भोकले शरीर थरथर काँपिसकेको हुन्थ्यो, ती दिन सम्झन पनि मन लाग्दैन”, आँसु पुछ्दै उहाँले भन्नुभयो । महिनावारीका कठिन दिन मात्र होइन, त्योसँग जोडिएको असमान व्यवहार र सामाजिक नियमले उहाँको जीवनलाई झन् कठिन बनाएको थियो । ४४ वर्षको उमेरमा महिनावारी बार्न छाडेपछि उहाँलाई थाहा भयो महिनावारी नबार्दा पाप लाग्दैन । तर त्यो समयसम्म समाजको सोच बदल्न सजिलो थिएन । “मन्दिर गइन तर बाँकी सबै काम गरेँ, महिनावारी नबार्दा पाप लाग्छ भन्ने कुरा मनमा बारम्बार आइरहन्थ्यो, तर मेरो छोरीले भने प्राकृतिक कुरा हुन्, बार्न पर्दैन भनेर बुझाइन्”, उहाँले सुनाउनुभयो ।

अझै पनि समाज बाँधिएको जन्जिर

विष्णुमाया मात्र होइनन्, तनहुँ घर भई हाल बालाजु बस्ने ४५ वर्षीय सीता पाण्डे अहिले पनि महिनावारी बार्नुहुन्छ । “सानैदेखि हजुरआमा र आमाले महिनावारी बार्नुपर्छ भनेको सुनेर मनमा बसेको हो”, सीता भन्नुहुन्छ । उहाँले आफ्नी छोरीलाई पनि बार्न लगाउनुहुन्छ । तर छोरी भने यो नियमलाई अस्वीकार गर्दै सामान्य प्रक्रियाका रूपमा लिन्छन् । महिनावारीका यी पुराना रीतिथितिहरूको भार विष्णुमाया र सीताजस्ता महिलाहरूले वर्षौंदेखि उठाउँदै आएका छन् । यो केवल व्यक्तिगत पीडाको कथा होइन, समाजमा गहिरो रूपमा जरा गाडेको अन्धविश्वास र असमानताको प्रतिनिधित्व हो । 

समयसँगै केही परिवर्तनका किरणहरू देखिन थालेका छन् । विष्णुमायाकी छोरीजस्तै नयाँ पुस्ताले यी पुराना परम्परालाई चुनौती दिन थालेका छन् । अझै पनि यस परिवर्तनले समाजमा पुरानो सोचलाई पूर्णतः मेटाउन सकेको छैन । विष्णुमायाका आँसुहरू सायद एक पुस्ताका सङ्घर्षको प्रतीक हुन् । तर उहाँजस्तै महिलाहरूको अनुभवले समाजलाई नयाँ दिशातर्फ लैजान सक्ने शक्ति दिन्छ । 

रीताको छोरीजस्तै अहिले नवकिशोरी प्राकृतिक रुपमा हुने महिनावारीलाई बार्नुपर्ने विषय ठान्दैनन् । महिनावारीका बेला मन लागेका खाना खाने, जान मन लागेको ठाउँमा जाने, महिनावारी प्याडको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिँदा हुन्छ भन्ने लाग्छ काठमाडौँ महानगरपालिका–१० बानेश्वर निवासी १५ वर्षीय आज्ञा अधिकारीलाई । “महिनावारी भएको बेला सामान्य दिनजस्तो सबै काम गर्छु, मलाई महिनावारी पाप हो भन्ने लाग्दैन”, सुजाताले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “आमाले पनि यसलाई पाप÷धर्मसँग जोडेर हेर्नुभएन, महिनावारीको पाँच दिन र बाँकी २५ दिन उस्तै लाग्छ ।” 

आज्ञाको आमाबुबा पनि महिनावारीलाई छुन नहुने रुपमा लिनुहुन्न । यो प्राकृतिक पक्रिया हो । स्वच्छ शरीर हुनका लागि यो महिनावारी जरुरी भन्छन् । “मेरा बुबाआमा महिनावारी नमान्ने भएर होला, मलाई महिनावारीको बेला कुनै रोकतोक छैन”, उहाँले थप्नुभयो्, “साथीहरु पनि महिनावारी बार्दैनन्, मलाई त बार्नुपर्छ भन्ने थाहै छैन ।” 

समाजमा अहिले पनि महिला तथा बालिकाले महिनावारी भएको समयमा विभेद झल्दै आएका छन् । शिक्षत वा अशिक्षित दुवै परिवारमा यो विभेदको पर्खाल, पीडा र अनुभव खास फरक छैन । यो परम्परादेखि गरिँदै आएको विभेदको पर्खाल भत्काउन नेपालको संविधानमा भएका मौलिक हकको पूर्ण रुपमा कार्यान्वयनको जरुरी छ ।

संविधाकका हक र महिनावारी विभेद

नेपालको संविधानमा व्यवस्था गरिएका ३१ मौलिक हकमध्ये १४ वटा प्रत्यक्ष र १९ वटा अप्रत्यक्ष रुपमा मर्यादित महिनावारीसँग जोडिएका छन् । संविधानको धारा, १६ मा सम्मानपूर्वक बाँच्न पाउने हकले महिनावारीको समयमा सामान्य ओछ्यानमा सुत्न, भान्साकोठामा जान, आफूले चाहेजस्तो खाना खान, परिवारसँग बसेर खाना खानका व्यवस्था गरेको छ ।  त्यस्तै धारा, १७ ले कुनै पनि व्यक्तिलाई व्यक्तिगत स्वतन्त्रताबाट वञ्चित गरिने छैन भन्नुको अर्थ महिनावारीको समयमा महिलाले आफ्नो इच्छाअनुसार जहाँ पनि जान पाउने हकलाई सुरक्षित गरेको छ । धारा, १८ मा समानताको अधिकारको प्रत्याभूत गरिएबाट महिनावारी वा अरू जस्तोसुकै अवस्थामा पनि व्यक्ति सम्मानपूर्वक बाँच्न पाउनुपर्छ ।

महिनावारीसम्बन्धी भेद्भावका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश मौलिक अधिकार हनन भएका छन् । संविधानको हक, निर्देशक सिद्धान्त, राज्यको नीति र दायित्व कार्यान्वयन नभए के गर्ने भन्ने कुरा संविधानमै लेखिएको छ । कार्यान्वयन नभएको खण्डमा कार्यान्वयन भए÷ नभएको प्रतिवेदन तयार गर्न, अनुगमन र मूल्याङ्कन गर्न सङ्घीय संसद्मा समिति गठन गर्नुपर्ने संविधानमा उल्लेख छ । तर संसद्मा यस विषयमा छलफल हुन सकेको छैन ।

संविधान सबै नागरिकको अधिकारको रक्षा गर्ने र सबै प्रकारका भेदभावको अन्त्य गर्ने दस्तावेज हो तर महिनावारीसम्बन्धी विभेदको विषयमा संविधानमा स्पष्ट व्यवस्था गरिएको छैन । तत्कालीन केपी शर्मा ओली नेतृत्वको नौमहिने सरकारले २०७४ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारीसम्बन्धी कानुन बनाउने भनेर मस्यादौ तयार गर्नुभएको थियो ।   

हरायो कानुन

सङ्घीय संसद्को तत्कालीन महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाललाई सरकारले छाउपडी प्रथाजस्तो सामाजिक कलङ्कको अन्त्यका लागि मर्यादित महिनावारीको अवधारणा तत्कालीन सरकारले अघि सारेर महत्वपूर्ण काम सुरु गरेको थियो । सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा छाउगोठको अभ्यास रहे पनि महिनावारी विभेद देशभरि नै भएकाले सरकारले मर्यादित महिनावारी कानुनको मस्यौदा बनाएको थियो । “त्यो बेला सुदूरपश्चिममा छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको थियो, महिनावारी भएको बेलामा सुरक्षा दिनुपर्छ भनेर कानुन न बनाउनुपर्छ भनेर मस्यौदा पनि तयार भएको थियो”, उहाँले भन्नुभयो । 

नेत्री पाललाई महिनावारीलाई पाप र धर्मसँग जोडेर हेर्न हुँदैन भन्ने लाग्छ । “महिनावारी स्वच्छ महिलालाई हुने सामान्य प्राकृतिक प्रक्रिया हो, यसलाई पाप र धर्मसँग जोडेर हेर्न हँुदैन भनेर कानुन न बनाएर कडाइका साथ लागू गर्नुपर्छ भनेर कानुन बनाउने योजना थियो”, उहाँले थप्नुभयो, “कानुनको मस्यौदा तयार भए पनि मन्त्री फेरिएपछि यो विषय अघि बढ्न सकेन ।”

महिनावारीलाई अछुत मान्ने संविधान विपरीत हो भनेर मानिसलाई अझ पनि धेरै बुझाउन जरुरी छ भन्ने पाललाई लाग्छ । “संविधानमा व्यवस्था उत्कृष्ट व्यवस्था छ तर कार्यान्वयन कमजोर छ, मौलिक हकको रामोसँग कार्यान्वयन गरेमा महिलाले महिनावारीका नाममा अकालमा ज्यान रोकिन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि मात्र यो आन्दोलनले सफलता पाउँछ । त्यसका लागि राजनीतिक दल, सामाजिक व्यक्तित्व र स्थानीय तह सबै लाग्नुपर्छ ।”

संविधानले कुनै पनि तरिकाले महिलालाई विभेद गर्न नपाउने व्यवस्था गरेको छ भन्नुहुन्छ पूर्वपरराष्ट्रमन्त्री डा बिमला राई पौड्याल । “संविधानले कुनै पनि तरिकाले महिलालाई विभेद गर्न नपाउने व्यवस्था गरेको छ, मौलिक हकका स्वास्थ्यको हक, जातीय विभेद, छुवाछूतविरुद्धको हक छ,” उहाँले थप्नुभयो, “महिनावारीजस्तो सामान्य प्रक्रियालाई अछुतको व्यवहार गर्नु हुँदैन, मर्यादित, सुरक्षित प्रजनन स्वास्थ्यको अधिकार हो ।”

महिनावारी भएको बेला सामान्य अवस्था जस्तै किशोरीहरु निर्बाध विद्यालय जानसक्ने वातावरण बनाउनपर्छ भन्ने नेत्री बिमलालाई लाग्छ । “महिनावारी भएको कारणले रोजगारीबाट निकालिनुप¥यो भने रोजगारीको हक छ, यो खान हुन्छ, त्यो खान हुन हुँदैन भन्ने खाद्य अधिकारभित्र पर्छ”, उहाँले थप्नुभयो, “सुरक्षित रुपमा बस्न पाउने आवाससम्बन्धी हक खोस्न पाइँदैन ।” 

महिनावारी हुनु स्वस्थ शरीर हुनु हो र प्रजनन अधिकारका लागि सबैभन्दा ठूलो महिलाको अधिकार हो । “महिनावारी विभेद गरियो भने संविधान मात्र होइन, मानवअधिकारको पनि उल्लङ्घन हुन्छ, यो अज्ञानताभन्दा पनि रूढीबादी सोच हो”, नेत्री राईले भन्नुभयो, “सुगम ठाउँमा बसेका धनाढ्य परिवारमा पनि यो विभेद देखिन्छ, यसका लागि साधारण जनचेतनाले हुँदैन, बृहत् अभियान नै चलाउनुपर्छ ।”

प्राचीन समयमा पर्याप्त कपडा हुँदैनथ्यो । अहिलेझैँ महिनावारी प्याड छनोट सुविधा थिएन । रगत बग्दा फोहोर हुन्छ भनेर चुलाचौकामा नजानु भनिएको हुनुपर्छ । केही महिलालाई अलि कठिन हुने भएकाले आराम चाहिन्छ भनिएको होला । तर अहिले त्यो अवस्था धेरै हदसम्म छैन, सरसफाइमा ध्यान दिनुपर्छ र आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्ने उहाँको ठम्याइ छ । “यो प्राकृतिक कुरा हो, यसलाई व्यवस्थापन गर्नुपर्छ”, नेत्री राईले भन्नुभयो । नेत्री पौड्याल यसलाई अभियानकै रुपमा लैजानुपर्ने बताउनुहुन्छ । राजनीतिक दलका नेता, सामाजिक अगुवा र कलाकारहरुको सञ्जाल बनाएर उनीहरुमार्फत ‘म महिनावारी बार्दिन’ भन्ने अभियान चलाउनुपर्ने उहाँको भनाइ छ ।  

राजनीतिक नेतृत्वको सङ्कल्प खै ?

महिनावारीलाई मर्यादित बनाउन कानुन बनाएर दण्डित गर्नुपर्ने र जनचेतनाको काम गर्नुपर्छ भन्ने पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको भनाइ छ ।  “मान्छेलाई सचेत गराउने कुरा हो, मर्यादित महिनावारीको विषय अछुत होइन, अलग घर बनाएर राख्ने चलन ठीक होइन”, पूर्वमत्री  गुरुङले भन्नुभयो, “प्राकृतिक कुरालाई पाप धर्मसँग जोडेर हेर्न हुँदैन भनेर कानुन बनाउने योजना बनेको थियो ।” 

उहाँलाई समाजका यस्ता विकृति विसङ्गति, अन्धविश्वासलाई जरैदेखि निर्मूल गर्नुपर्छ भन्ने लाग्छ । पूर्वमन्त्री गुरुङले थप्नुभयोे, “महिलालाई हेर्ने दृष्टिकोण गलत भयो, त्यो गर्न हुँदैन भनेर राज्यदेखि आम नागरिकमा सचेतना जगाउने अभियान सञ्चालन गरेका थियौँ ।” आफू मन्त्री हुँदा उहाँले नेपाललाई विश्वसामु ‘मर्यादित महिनावारी’ को देशका रुपमा स्थापित गराउने घोषणा गर्नुभएको थियो । महिलामाथि हुने महिनावारीका नाममा हुने विभेद रोक्नका लागि आवश्यक कानुन बनाएर मर्यादित महिनावारीको देश बनाउने अभियान सुरु पनि भएको थियोे ।

महिनावारीलाई मर्यादित बनाउन आवश्यक ऐन, नियम, निर्देशिका र नियमावली बनाउने कामलाई तीव्रता दिने योजना उहाँको जिम्मेवारी फेरबदलसँगै बीचमै रोकियो । मर्यादित महिनावारीको कानुन बनाउनका लागि तयार भएको मस्यौदा सदनमा प्रस्तुत नै हुन पाएन । केही वर्षपछि अहिले मन्त्रालयले मर्यादित महिनावारीसम्बन्धी कानुनको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ । छिट्टै मस्यौदाले ऐनको रुपमा स्वीकृत भई महिनावारीमा हुने सबै खालका विभेदको अन्त्य गरी मुलुकलाई मर्यादित महिनावारी’ को देशका रुपमा परिचित हुने अपेक्षा गरिएको छ । 
Previous Post

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती

Next Post

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

Next Post
गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

    इमामी लिमिटेडको ‘नवरत्न बीट मसाज २०२५’ अभियान बाँकेमा

    June 8, 2025
    नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

    नेपालगन्ज आइपुगे एम्स अध्यक्ष पाको बोराओ

    June 8, 2025
    हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

    हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

    June 8, 2025
    घरेलु श्रमिक अधिकारबाट वञ्चित

    घरेलु श्रमिक अधिकारबाट वञ्चित

    June 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version