बाँकेका किसानहरूलाई आफ्नो बालीका लागि बिउ प्राप्ति, उत्पादनदेखि बाली भित्र्याउनसम्म धौ–धौ हुने गरेको छ । बाँकेका किसानहरूले समयमा मल बिउ नपाउने समस्या, बियाडदेखि बाली छाडा पशुबाट जोगाउने समस्या र त्यसको उचित मूल्य प्राप्त गर्ने समस्या झेल्दै आउनु परेको बताएका छ ।
‘किसानले बाह्रैमास कुनै न कुनै समस्या झेल्नुपर्ने बाध्यता रहेको छ’, बाँकेको जानकी गाउँपालिकामा भटिएका एक किसानले भने, ‘कुनै न कुनै कारणले किसानले नोक्सानी ब्यहोर्नु नियति जस्तो बाध्यता ।’
पछिल्लो समय किसानले उब्जनी बाली गहुँ काट्नका लागि तयार भएको छ । तयार गहुँ कतिपयले काटेर भित्र्याएका छन् भने कतिले खेतमै गहुँ काटेर राखेका छन् त कतिको काट्नै बाँकी रहेको छ । ‘खेतमा काटेर राखेको गहुँ होस् वा काट्न बाँकी गहुँ पछिल्ला दिन परेको बर्षाले क्षति मात्रै पुर्याएको छैन छाडा पशुले खेतमै पुगेर खाइदिंदा क्षति बढ्दै गएको छ’, जानकी गाउँपालिकाका किसान गंगा प्रसाद काँदुले भने, ‘बिउ, मलको अभावदेखि बियाड राख्दादेखि बाली नभित्र्याउँदासम्मको
क्षति किसानले भोग्नु परिरहेको छ ।’
नेपालगन्ज ढोडे गाउँका किसान धनीराम कलवार बाली लगाउने भन्दा त्यसलाई जोगाएर भित्र्याउनु चुनौति रहेको बताउँछन् । ‘छाडा पशुबाट बाली जोगाउन दिनरात पहरा दिनुपर्छ’, उनले भने, ‘खेतमा पस्ने छाडा पशुले काट्न ठिक्क पारेको बालीमा क्षति पुर्याएका छन् ।’
अर्को किसान सुर्जन यादवले खेतमा छाडा पशुले नोक्सान गरिरहँदा पनि लखेट्न नसकेका बताउँछन् । ‘कहाँ सम्म लखेट्ने, आफ्नो बारीबाट लेखेटे अर्काको बारीमा पुग्छन्, त्यही नोक्सान गर्छन’, उनले भने, ‘किसानले कहाँसम्म लखेट्ने, दिउँसो लखेटे छाडा पशु राती पुग्छन्, कतिसम्म कुर्ने ?’
खुला सीमाका कारण भारतबाट छिर्ने छाडा पशुले बाँकेमा ट्राफिक व्यवस्थापनमा चुनौति मात्रै सिर्जना गरेका छैनन् किसानलाई पनि नोक्सान बनाइरहेको छ ।
यसबर्ष पछिल्ला दिन परेको बर्षाले गहुँ बालीमा पनि क्षति पुर्याएको छ । किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पु¥याएको डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले बताएका छन् । नेपालगन्ज–१७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पु¥याएको बताए । उनले भने, ‘काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना पानी र हुरीले ढलाएर काम नलाग्ने बनाएको छ ।’ कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पु¥याएको बताए ।
नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले नयाँवर्षको पूर्व सन्ध्यामा आएको बेमौसमी वर्षा र हुरीले किसानलाई दुःखी बनाएको बताए । उनले वर्षाले पाकेको गहुँबाली, मसुरो र अरहर खेतीमासमेत क्षति पु¥याएको उल्लेख गरे ।