बाँकेका फुटबल प्रशिक्षक जनक केसी नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थन्टर्सका लागि सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
‘बाँकेको फुटबल इतिहासमा यसरी एनएसएलमा प्रतिस्पर्धी क्लबको यो स्तरको एसिस्टेन्ट कोच नियुक्ति पहिलो हो’, नियुक्ति पछि
केसीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘क्लब अध्यक्ष जामलिङ घले सहितको टिमले मेरो योग्यताको उचित कदर गरेको ठानेको छु ।’
दशरथ रंगशालामा आगामी चैत्र १६ गतेदेखि सुरु हुने एनएसएलका लागि पोखरा थन्डरले मलेसियन एन–पेनाङ एफसीसँग सहकार्यको सम्झौता गरिसकेको छ ।