For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    रक्तनलीको सुजन (भास्कुलाइटिस) रोग स्थिति र चुनौती

    नेपालगन्ज शिरोमणिको आँगनमा

    नेपालगन्ज शिरोमणिको आँगनमा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

byDainik Nepalgunj
May 25, 2024
in Blog, News, मुख्य समाचार
0 0
0
कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु
Share on FacebookShare on Twitter

पुरुषोत्तम सापकोटा

कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने अनुमति पाएसँगै निर्माणको बाटो खुलेको हो । विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान अनुमति दिइएको थियो । सोही अनुमितअनुसार रुखमा छपान कार्य सकिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । विद्युत् विस्तारका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान गरिने भएको छ । 

“रुख छपान सकियो, अब कटानको फाइल प्रमाणित भएर आउने बित्तिकै रुख काटिने छन्”, उहाँले भन्नुभयो, “सरकारले रुख कटानका लागि दिइएको अनुमति र आयोजनाले गरेको रुख छपानको विवरण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरिएको छ ।”

बाँके राष्ट्रिय निकुञ्जमा दुई हजार नौ सय १६ र बर्दिया राष्ट्रिय निकुञ्जका तीन हजार तीन सय २० रुखमा छपान गरिएको छ । सरकारले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने छ हजार दुई सय ३६ रुख कटान अनुमति दिइएको हो । अहिले ती रुखमा छपान गरेर विभागमा विवरण पेस गरिएको छ । विवरण प्रमाणित भएर आएलगत्तै अबको केही दिनमा रुख कटानको काम हुने उहाँको भनाइ छ । 

लाइन विस्तार कार्यको सुरुआत २०७७ असारदेखि गरिएको थियो । आयोजनाको ७० प्रतिशत प्रगति हासिल भएको छ । अझै ३० प्रतिशत काम गर्न बाँकी छ । विसं २०८० चैतमा आयोजनाको सम्झौता सकिँदैछ । छ महिना म्याद थप गरेर आयोजनाको काम अघि बढाइने जनाइएको छ । 

“अझै ३० प्रतिशत काम बाँकी नै रहेकाले म्याद थप गरेर काम अघि बढाइने तयारी छ”, आयोजना प्रमुख चौधरीले भन्नुभयो, “रुख कटान अनुमतिका कारण काममा ढिलाइ भएको हो, तर तीव्र गतिमा समयमै सम्पन्न हुने गरी काम गर्ने तयारी छ ।”

विद्युत्को प्रसारण लाइन विस्तारका लागि भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्का लिएको छ । रु ७० करोडमा ठेक्का पाएको आयोजना कार्यालयले जनाएको छ । हालसम्म आयोजनाले एक सय पाँच फाउन्डेसन निर्माण गरेको छ । बाँकी दशवटा फाउन्डेसन निर्माण भइरहेका छन् । यस्तै, २२ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सब–स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

आयोजनाको प्रसारण लाइन विस्तार क्षेत्रमा रहेका रुख कटान अनुमति पाए पनि जग्गा विवाद भने कायमै रहेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना र बाँकेको बैजनाथमा जग्गा विवाद समाधानका लागि सरोकारवालासँग छलफल जारी रहेको छ । 

विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजनाथस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेका छन् । विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार गर्नुपर्नेछ । 

लाइन विस्तारले बस्ती र खेतीयोग्य जमिनमा असर पुग्ने भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीयले आफ्नो खाली जग्गामा समेत खम्बा हाल्न नदिएर अवरोध गरिरहेका छन् । पछिल्लो पटक विवाद समाधान गर्नका लागि प्रदेश तथा सङ्घीय सांसदले समेत प्रभावित क्षेत्रमा पुगेर स्थानीयसँग छलफल गरेका छन् । 

आयोजना कार्यालय उचित मुआब्जा दिएर विवाद समाधान गर्न तयार छ । स्थानीयले नमानेका कारण समस्या भएको हो । त्यस्तै, सुर्खेत–दैलेख दोस्रो खण्डको निर्माण कार्य सुरु भएको छ । दोस्रो खण्डअन्तर्गत सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म विद्युत् विस्तारको काम सुरु गरिएको हो । 

आयोजना प्रमुख चौधरीका अनुसार दोस्रो खण्डमा डिजाइन, सर्वे, माटो परीक्षणलगायत काम सम्पन्न भएका छन् । गत वैशाखमा ठेक्का सम्झौता गरी दोस्रो खण्डको काम थालिएको उहाँले बताउनुभयो । विसं २०८२ वैशाखसम्म निर्माण सम्पन्न गर्ने गरी दोस्रो खण्डको काम थालिएको बताइएको छ । 

दोस्रो खण्डको कामका लागि रु ७५ करोडमा ठेक्का सम्झौता गरिएको छ । डिजाइनको काम सकिएकाले अब फाउन्डेसन निर्माण कार्य सुरु गरिने आयोजनाले जनाएको छ । कर्णालीको विकास र सम्मृद्धिसँग जोडिएको यो विद्युतीकरण जति छिटो हुन्छ त्यति चाँडै यहाँको विकासमा टेवा पुग्ने विश्वास रहेको छ । 

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको कामका बारेमा चासो दिएकाले सबै समस्या हल भएर गइरहेको बताइएको छ । उत्ता भेरी करिडोरअन्तर्गत मेहलकुनाबाट जाजरकोटको दानी पीपलसम्ममा काम गर्नका लागि पहल भइरहेको छ । एक सय ५० किलोमिटर लम्बाइ रहेको उक्त करिडोरको रु २१ अर्ब लगानी लाग्ने अनुमान छ । 

सो लगानी दुईवटा चार सय केभी प्रसारण लाइनको सबस्टेसन निर्माण गर्नेसहितको रहेको छ । नलगाड जलविद्युत् आयोजना चार सय १७, जगदुल्ला जलविद्युत् आयोजना एक सय छ, ८२ दशमलव तीन मेगावाटको विद्युत् यही भेरी करिडोरमार्फत राष्ट्रिय प्रसारणमा जडान हुने लक्ष्य राखिएको छ । त्यस्तै, सात मेगावाटको ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत् समेत यही सबस्टेसनमार्फत जडान हुनेछ । 
Previous Post

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

Next Post

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

Next Post
पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन

विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन

May 27, 2026
सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै

असुरक्षित गर्भपतनको जोखिम कम भएन

May 27, 2026
हालसम्मकै उच्च सुनको मूल्य

तोलामा एक हजारले घट्यो सुनको मूल्य

May 27, 2026
माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

May 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version