गणतन्त्र दिवस नेपालको राजनीतिक इतिहासको एक ठूलो घटनाक्रम हो । राजतन्त्रको जरा उखाल्न त्यति सजिलो थिएन तर २०५८ को दरबार हत्या काण्डपछि जनताको आन्दोलन, जनयुद्ध र तत्कालीन राजा ज्ञानेन्द्रको आफ्नै साही कदमका कारण सजिलै गणतन्त्र आएको थियो । २०६५ सालको जेठ १५ गते, जनता, जनआन्दोलन र जनचेतनाको बलमा मुलुकले दुई सय पचास वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको युगमा पाइला टेकेको थियो । यस दिनले राजनीतिक, सामाजिक र मानसिक दृष्टिले आम नेपाली जनतालाई स्वतन्त्रताको स्वाद दिने ठूलो अपेक्षा बोकेको थियो । जनताको शासन जनताद्वारा नै चल्ने भन्ने सिद्धान्तमा आधारित यो व्यवस्था धेरैको सपना बनेको थियो । जुन सपना २०४६ सालदेखि क्रमश विकसित हुँदै आएको थियो । बहुदलीय व्यवस्थाको पुन स्थापना, प्रेस स्वतन्त्रता, नागरिक अधिकार मानव अधिकारको जग बसेपछि देश गणतन्त्रतर्फ उन्मुख भयो । तर यो राजनीतिक परिवर्तनका बीच जनताले जुन आशा पालेका थिए, ती आशाहरू क्रमश निराशामा परिणत हुँदै गए । जब हामी गणतन्त्र दिवस मनाइरहेका छौं जनता चरम निरासामा छ्न ब्यबस्था बदलियो तर अवस्था अझै दर्दनाक हुँदै गएको छ । महङ्गी बेसरी बढेको छ गरीब निमुखालाई साझ बिहानको खाना र परिवार धान्न धौ धौ छ निकै बिकराल बन्दै गएको छ । ब्यबस्था त बदलियो तर जनताको अवस्था जस्तो थियो त्यो भन्दा कमजोर हुँदै गएको देखिन्छ । नेताहरू जनता भन्दा पनि आफ्नै एकल स्वार्थमा छ्न परिवारवाद ले जरा गाडेकोले निकै डरलाग्दो अवस्था बन्दै गएको छ ।
नेपालले २०६५ सालको जेठ १५ गते ऐतिहासिक निर्णय गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना ग¥यो । यो दिन नेपाली इतिहासमा एक क्रान्तिकारी मोड हो जहाँ जनताको चाहना, संघर्ष र बलिदानले एउटा नयाँ युगको शुरुवात ग¥यो । गणतन्त्र दिवसको मूल मर्म भनेको जनताको सर्वोच्चता, समानता, स्वतन्त्रता र न्यायको सुनिश्चितता हो । आज एक दशकभन्दा बढी बितिसक्दा पनि नेपाली जनताले गणतन्त्रको मीठो स्वाद भन्दा बढी यथार्थको तीतो अनुभूति गर्दै आएका छन् । खासगरी २०४६ सालको जनआन्दोलनदेखि हालसम्मको नेपाली राजनीतिमा देखिएको अस्थिरता, चरम भ्रष्टाचार र जनउत्तरदायित्वको अभावले गणतन्त्र तुहिने अवस्थामा पुगेको छ ।
२०४६ सालको परिवर्तनपछि जनतामा ठूलो आशा पलाएको थियो । बहुदलको व्यवस्था आउँदा लाग्यो अब जनताको आवाज सुन्ने सरकार बन्छ । तर त्यो आशा जल्दै बलेको दियो जस्तै निभ्दै गयो । जनताको जीवनस्तर सुधारिने त के, झनझन महँगी, बेरोजगारी, सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार दलालीको चक्रव्यूहमा जनजीवन अझ जटिल हुँदै गयो ।
भोट माग्दा नेता झुकेर बोल्छन्, जितेपछि जनताको आवाज सुन्ने कानै बन्द गर्छन् । सरकार फेरिए, मन्त्री फेरिए, नीति फेरिए तर जनताको पीडा फेरिएन । गाउँका किसानको मलको अभाव, सहरका बेरोजगार युवाको रोजगारीको पीडा, अस्पतालमा महङ्गो उपचार नपाएर मर्नुपर्ने अवस्था स्कुलमा गुणस्तरीय शिक्षाको अभाव यी सबै समस्याले गणतन्त्रको भावना गहिरो घाउ बोकीरहेको छ ।
गणतन्त्रले युवालाई देशको मेरुदण्ड भन्यो । तर वास्तविकतामा तिनलाई बेरोजगार, हतास र पलायन हुन बाध्य बनायो । विश्वविद्यालयको डिग्री हातमा लिएर पनि रोजगार नपाएको पीडाले युवालाई विदेश लाग्न बाध्य बनाएको छ । अरब, मलेसिया, कोरिया, कतार जस्ता देशहरूमा श्रम बेच्न विवश नेपाली युवाको संख्या ५० लाखभन्दा बढी पुगेको छ । के गणतन्त्र ल्याउदा यस्तै हुन्छ होला तिनी बिदेश गएका युवाले सोचेका होलान । आफ्नो बुवा आमा, घर परिवार, प्यारो देश छोडेर पराई देशमा जानू के रहर होला? युवालाई राजनीति गर्ने वातावरण छैन । न त उनीहरूलाई सुशासनको अनुभूति छ । नेताहरूले युवालाई चुनावमा झन्डा बोकेर नारा लगाउन मात्रै प्रयोग गर्छन् । आज देशमा शिक्षित, दक्ष र प्रतिबद्ध युवा राजनीति प्रवेश गर्न चाहन्छन् तर भ्रष्ट र जर्जर संरचनाले उनलाई टाढा राख्छ । गणतन्त्रले युवाको भविष्य बनाउने सपना देखाएको थियो तर त्यो सपना धोका बन्यो । २०४६ सालपछि मुलुकले दर्जनौं प्रधानमन्त्री हरू बने सबै टेस्टेड फेल भए । दलहरूको फुट, गुटबन्दी, स्वार्थ र सत्ता मोहले गर्दा पाँच वर्षको कार्यकाल पुरा गर्ने खालको कुनै पनि सरकार बनेन । गणतन्त्रपछिको संविधान निर्माण प्रक्रियाले समेत जनतामा गहिरो अन्योलता सिर्जना ग¥यो । ७ वर्ष लाग्यो संविधान लेख्न । त्यसपछि आएको संघीयता पनि जनताको घरदैलो पुग्न सकेन । बजारको महङ्गी थेग्न नसकेर आत्महत्या गर्नु पर्ने अवस्था शृजना भएको छ तैपनि गणतन्त्रका राज नेताले यो बुझेका छैनन् ।
राजनीतिक दलहरूबीच सहमति र सहकार्यभन्दा शङ्का र सङ्घर्ष धेरै बढ्यो । एकपछि अर्को गठबन्धन बन्यो, फेरियो, तोडियो । सांसदहरू किनबेचको सामान बने । संसद अधिवेशन अवरुद्ध पार्ने, सडकमा झगडा गर्ने, जनताको मुद्दा बिर्सने यिनै प्रवृत्तिले गणतन्त्रको मर्ममाथि आघात पु¥यायो । स्थायित्वको अभावले नीति निर्माण, विकासको गति र जनसेवा प्रभावित भयो । संघीयता कार्यान्वयनमा कमजोरी प्रदेश सरकारको कमजोर प्रभावकारिता, स्थानीय तहमा विकासभन्दा भ्रष्टाचारको चर्चा यी सबैले राजनीतिक प्रणालीप्रति जनताको विश्वासनौ घटदै गराइरहेको छ ।
२०४६ सालपछि राजनीतिक परिवर्तनले जनतामा अधिकारको भावना त जागृत गरायो तर राज्य संयन्त्रमा अनुशासनको सट्टा अराजकता बढायो । गणतन्त्रपछि आएको सत्ता हस्तान्तरण, संसदीय प्रणाली, संघीय शासन सबै राम्रा अभ्यास हुन्, तर तिनको प्रयोगमा नेतृत्वले चरम भ्रष्टाचारलाई प्रोत्साहन ग¥यो र जनतालाई निरास बनाएको छ ।
संविधानले सुनिश्चित गरेको समानता न्याय अवसरको पहुँच भनेको आज शक्ति सम्पत्ति सञ्जालको घेराभित्र सीमित छ । २०४६ सालको परिवर्तनपछि जन्मिएका लाखौं युवाले आज निराश भएर भनिरहेका छन् यो कस्तो गणतन्त्र जहाँ भ्रष्टाचारी बढुवा हुन्छ र इमान्दार सिध्याइन्छ? गणतन्त्र कुनै राजनीतिक प्रणाली मात्र होइन यो जनतालाई एक अवसर हो । जसले जनतालाई आश्वस्त गराउँछ कि उनीहरूको आवाज, अधिकार अस्तित्वको सम्मान हुनेछ ।
सचेत नागरिकको गणतन्त्र बचाउन ठूलो भूमिका छ । मतदान गर्ने अधिकारको सही उपयोग, नेताको निगरानी, सार्वजनिक सुनुवाइमा भाग लिने, जनप्रतिनिधिलाई जवाफदेही बनाउने काम आम नागरिकले गर्नुपर्छ । युवा पुस्ताले पनि अब निराश भएर होइन, सशक्त भएर अघि बढ्नुपर्छ । अध्ययन, अनुसन्धान, सामाजिक सेवा, उद्यमशीलता र वैकल्पिक राजनीति मार्फत राष्ट्र निर्माणमा योगदान गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार जस्ता क्षेत्रहरूमा दीर्घकालीन योजना, पारदर्शिता जवाफदेहिताको अभ्यासबाट मात्र गणतन्त्रको सपना साकार हुन्छ ।
गणतन्त्र दिवस हाम्रो इतिहासको एक गर्विलो अध्याय हो । त्यो गौरव गुम्न थालेको छ, जब राजनीतिक दलहरू जनताको सपना बिर्सेर सत्ताको लोभमा रमाउन थाले । २०४६ पछि देखिएको अस्थिरता, भ्रष्टाचार र सत्ता केन्द्रित प्रवृत्तिले गणतन्त्रलाई पंगु बनाइरहेको छ । गणतन्त्र केवल संविधानमा लेखिएको शब्द होइन, यो व्यवहारमा लागू हुने मूल्य र आचरण हो । जबसम्म हामीले त्यसलाई आत्मसात् गर्न सक्दैनौं, तबसम्म गणतन्त्र केवल एक सपना मात्र हुनेछ जब सम्म नेतामा भ्रस्ट र दम्भ भईरहन्छ तब सम्म अस्थिरता रहि रहन्छ यसरी महङ्गी बेरोजगारि जनतालाई तनाबै तनाव दि रहने हो भने गणतन्त्र तुहिन पनि सक्छ । जनता प्रती सरकार सकारात्मक र जन भावना अनुसार चलेन भने सरकार मात्र होईन कुनै तन्त्रको अस्तित्व रहने छैन समयमै सबैलाई चेतना हुन निकै जरुरी छ । जय गणतन्त्र