घरेलुको आफ्नै घर

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज आफ्नै भवनमा सर्ने भएको छ । कार्यालयले सूचना जारी गरेर आगामी आइतबारदेखि कार्यालय आफ्नै भवन नेपालगन्ज–१८ कारकाँदोदेखि सेवा सुरु गर्ने जानकारी दिएको छ ।

प्रमुख उद्योग अधिकृत रमेश बहादुर बुढाथोकीले कार्यालय सार्नुपरेकाले हालका लागि सेवा बन्द गरिएको बताएका छन् ।

कार्यालयद्वारा जारी सूचनामा कार्तिक २८ देखि ३० गतेसम्म सेवा बन्द गरिने उल्लेख छ ।

Exit mobile version