चालु आर्थिक बर्ष २०८१/०८२ को दुई चौमासिक सकिइरहेको छ । दुई मासिक सकिंदा बाँकेमा पूँजीगत (विकास) खर्च भने ५० प्रतिशत नाघेको छैन । अझ प्रदेश सरकारको बाँकेमा पूँजीगत खर्च निकै निराशाजनक देखिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख, कोष नियन्त्रक मोहन शरण भण्डारीले चालु आ.व.को फागुन मसान्तसम्म पूँजीगत खर्च संघ तर्फ ४६.९ प्रतिशत र प्रदेश तर्फ १५.७० प्रतिशत खर्च भएको जानकारी दिएका छन् । चालु आ.व.को दुई चौमासिक बितिसक्दा जिल्लामा संघ र प्रदेश गरी पूँजीगत खर्च गर्नुपर्ने रकम ५ अर्ब ७१ करोड बढी रहेको
छ ।
बाँकेका लागि चालु आ.व. २०८१÷०८२ मा संघले पूँजीगत तर्फ ७ अर्ब २ करोड ४३ लाख २८ हजार ५ सय रूपैयाँ विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्म ३ अर्ब २९ करोड १४ लाख ५८ हजार ४ सय ४३ रूपैयाँ खर्च भएको छ । त्यस्तै प्रदेश सरकारले चालु आ.व.का लागि विनियोजन गरेको पूँजीगत तर्फ २ अर्ब ३४ करोड ७७ लाख २३ हजार ७ सय ७ रूपैयाँ मध्ये ३६ करोड ९६ लाख ५६ हजार ८२ रूपैयाँ मात्रै खर्च भएको छ ।
संघीय सरकारले चालु खर्च तर्फ चालु आ.व.को लागि विनियोजन गरेको ११ अर्ब ९६ करोड ९८ लाख ६ सय ८१ मध्ये ७ अर्ब ५५ करोड ७९ लाख ११ हजार ६ सय ४ रूपैयाँ मात्रै खर्च भएको कोलेनिका बाँकेको तथ्यांक छ ।
त्यस्तै, प्रदेश तर्फ चालु आ.व.का लागि गरेको चालु बजेट १ अर्ब २१ करोड ९५ ८८ हजार ९ सय मध्ये ४७ करोड ४९ लाख ३६ हजार १ सय ४ रूपैयाँ खर्च भएको छ ।