श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा चालु आर्थिक बर्ष २०८१/०८२ मा ४६ वटा श्रमिकका उजुरी दर्ता भएका छन् । उक्त उजुरी मध्ये २१ वटा उजुरी फस्र्यौट भएका छन् ।
अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा श्रम कार्यालय नेपालगन्जमा ५० वटा उजुरी परेका थिए । सोही आ.व.मा परेका उजुरी मध्ये ४० वटा फस्र्यौट भएका थिए भने १० वटा उजुरी चालु आ.व.मा सरेर आएको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख पिन्टु कुमार रजकले जानकारी दिएका छन् ।
चालु आर्थिक बर्षमा श्रम तथा रोजगार कार्यालय नेपालगन्जले औद्योगिक तथा व्यवसायिक १ सय ९६ वटा अनुगमन गरेको छ । त्यसक्रममा १ सय ९६ औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा बालश्रम सम्बन्धी अनुगमन भएको हो ।
अघिल्लो आर्थिक बर्ष २०८०÷०८१ मा श्रम कार्यालय नेपालगन्जले ३ सय ७९ औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानको अनुगमन र बालश्रम सम्बन्धी सोही संख्यामा अनुगमन गरेको थियो ।