निर्वाचन आयोगले सोमवार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर बनेको जसपाको दल दर्ता नम्बर १९८ रहेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आइतवार आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
जनता समाजवादी पार्टी दल दर्ताको जानकारी जनता समाजवादी पार्टी नेपाललाई दिने र संघीय संसद एवं प्रदेश सभा तथा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउने निर्णय पनि आयोगले गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए ।
केन्द्रमा पार्टी फुटेपनि जिल्लामा पार्टी एक ढिक्का रहेको ‘जसपा’ बाँकेका जिल्ला स्थित नेताहरूले बताएका छन् । जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले ५१ सदस्यीय जिल्ला कार्यसमिति राईको नेतृत्वमा एक ढिक्का रहेको दाबी गरेका हुन् । ‘बाँकेमा कुनै पनि नेता दुई पक्षमा बाँडिएको छैनन्’, उनले दैनिक नेपालगन्जसँग भने ।
जसपाका केन्द्रीय नेता मो. इस्तियाक राईलाई अशोक राई नेतृत्वको ‘जसपा’मा महासचिव बनाइएको छ । महासचिव राईकै नेतृत्वमा जिल्लामा पार्टी एक ढिक्का रहेको पार्टीका जिल्ला स्थित नेताहरूले बताएका हुन् । यद्दपी, धेरैले अहिलनै मुख खोलिसिकेका छैनन् ।
‘परिस्थितिलाई नियालिरहेका छौं, कानुनी कुराले पनि अर्थ राख्छ,’ बाँकेका अधिकाँश जसपा नेता भन्छन्, ‘तर, बाँकेमा हामी फुटेर केही हासिल हुने अवस्था नभएकाले राई जता लागे उतै जानु बाध्यता छ ।’
‘त्यस्तो पनि होइन, धेरै कार्यकर्ता मूल प्रवाहभन्दा बाहिर जो पक्षमा छैनन,’ जसपा पूर्वनगर अध्यक्ष श्रवण कुमार यादव भन्छन्, ‘हामी धेरै सम्पर्कमा छौं, छलफल गरिरहेका छौं, उपेन्द्र यादव पक्ष बाँकेमा कमजोर छैन ।’ उनी त जिल्ला अध्यक्ष कमरुद्दिन राईनै यादवलाई छाड्ने अवस्थामा नरहेको दावी गर्छन् । हुनपनि अध्यक्ष यादवसँग इस्तियाकको पछिल्ला खटपटमा कमरुद्दिनले बाँकेमा यादवका लागि राम्रो प्लेटफर्म बनाइरहेका थिए ।
विभाजित पार्टीमा संघीय संसदका सात जना संसद रहेका छन् । लुम्बिनीमा जसपाको उपस्थितिलाई बाँकेलेनै दरिलो बनाएको छ ।
यसअघि यादव नेतृत्व पार्टीको केन्द्रले राजिनामा दिन भनेपछि बाँकेबाट लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले मन्त्री पदबाट राजिनामा दिएका थिए । आइतबार पार्टी फुटेपछि उनले सोमबार लुम्बिनी प्रदेशमा कृषि मन्त्रालय सम्हालेका छन् । अहिर पनि राईकै नेतृत्वमा रहेको ‘जसपा’मा रहेको जसपाका जिल्ला नेताले बताएका छन् । मन्त्री अहिरले दैनिक नेपालगन्जसँग भने, ‘हामी राई नेतृत्वको पार्टीमा छौं ।’
जसपाकै लुम्बिनी प्रदेश सभा सदस्य आदेश अग्रवाल राजनीतिक अस्थीरताले देशमा बदहाली भइरहेकाले सरकार फेरबदल गर्ने पक्षमा आफुु नरहेको बताउँछन् । उनको संकेत राईकै पक्षमा देखिन्छ । प्रदेशसभा सदस्य अम्बिका काफ्ले पनि खुल्ने पक्षमा देखिइनन् । पारिवारिक सदस्यको स्वास्थ
दैनिक नेपालगन्जसँगको संक्षिप्त कुराकानी जनता समाजवादी पार्टीका महासचिव मो. इस्तियाक राईले भने, ‘मलाई विश्वास छ,
बाँकेका सबै साथीहरु हामी सँगै छौं ।’