हाम्रो समाजले बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न शिक्षालाई निकै महत्त्व दिएको छ । विद्यालयहरू शिक्षकहरू अभिभावकहरू र सरकारले बालबालिकाको शिक्षा र विकासमा लगानी विभिन्न प्रयासहरू गरिरहेका छन् । तर यस्तो लगानीको मूल प्रश्न हो के यो प्रक्रिया बालमैत्री छ ? के हामीले उनीहरूलाई रमाइलो सहज सिर्जनशील वातावरण दिन सकिरहेका छौँ? अहिलेको वास्तविकता हेर्दा देखिन्छ बिहान सबेरै उठ्ने ठूला झोला बोकेर स्कूल पुग्ने बालबालिकाको दैनिकीले बाल्यकाल नै तनावमा बिती रहेको हुन्छ । त्यो झोला किताब कापी र टिफिन बोक्न बनाइएको भए तापनि, वास्तविकतामा त्यो झोला उनीहरूको स्वतन्त्रता रमाइलो भावनात्मक स्वास्थ्यमाथिको बोझ बनेको छ । यति सानो उमेरमा भारी बोझ बोकाउनु न त शारीरिक विकासको दृष्टिकोणले उपयुक्त छ न त मनोवैज्ञानिक दृष्टिले न्यायोचित छ ।
शारीरिक मात्र होइन मानसिक स्तरमा समेत झोलाले गहिरो असर पार्दछ। भारी झोला बोक्नुपर्ने त्रास शिक्षकले सबै पुस्तक ल्याएको नल्याएको आधारमा गरेको अपमान, अभिभावकको अपेक्षा आदि कारणले उनीहरू तनावमा हुन्छ्न । बालमनोविज्ञहरू भन्छन् यदी कक्षा १ देखि ५ सम्मका विद्यार्थीले दैनिक ७–८ वटा पुस्तक बोक्नुपर्छ भने त्यो बाल मनोबैज्ञानको विरुद्ध हो ।
फिनल्यान्ड, जापान, दक्षिण कोरिया, जर्मनीजस्ता देशमा विद्यार्थीहरू झोला बोकेर विद्यालय जान्दैनन् । विद्यालयमै व्यक्तिगत लकर वा कक्षामा सबै सामग्री राख्ने व्यवस्था हुन्छ। सिकाइ प्रयोगात्मक परियोजनामा आधारित र गतिविधि केन्द्रित हुन्छ । फिनल्यान्डमा कक्षा ५ सम्मका विद्यार्थीहरूलाई गृहकार्य नै दिइँदैन । शिक्षकले कक्षाभित्रै सैद्धान्तिक र व्यावहारिक ज्ञान सिकाउँछन् । त्यसैले झोला होइन खेल संवाद प्रयोग सिर्जनशीलता प्राथमिकतामा पर्नु पर्छ । पाँचदेखि आठ किलोसम्मको झोला बोकेर विद्यालय पुग्नु एक बाध्यता । यस्तो भारी झोलाले मेरुदण्डमा समस्या काँधको पीडा र शरीरको असन्तुलन निम्त्याउँछ। यस्ता प्रभावले शारीरिक मात्र होइन मानसिक असर पनि पार्छ थकान झर्कोपन ध्यान केन्द्रित गर्न नसक्ने अवस्था र पढाइप्रतिको रुचि घट्दै गएको छ ।
अनुसन्धानले देखाउँछ कि झोलाको तौल बालबालिकाको तौलको १०% भन्दा बढी हुनु हुँदैन । तर हाम्रो देशमा यस्तो मापन प्रणाली नै प्रचलनमा छैन । यसको परिणामस्वरूप शारीरिक कमजोरीसँगै बालबालिकाले कक्षाकोठामा शिक्षकको गाली अपमान र असफलताको डर झेल्नुपर्छ जसले उनीहरूको आत्मबल र आत्मविश्वासमा गहिरो चोट पुर्याउँछ । एक किसिमको मानसिक कारागारमा परेका उनीहरू, शिक्षा भन्दा डर र दबाबको तनावसँग जुधिरहेका छन् ।
बालमैत्री शिक्षा भनेको केवल पाठ्यक्रम सजिलो बनाउनु मात्र होइन सम्पूर्ण सिकाइ प्रक्रिया बालमैत्री बनाउनु हो। तर आजको शिक्षा झोलामै सीमित बनेको छ । बच्चाको मनोविज्ञान बुझ्ने प्रयास कहिल्यै कसैले गरेको छैन ।
नेपालको वर्तमान शिक्षण पद्धति अझै पनि पढ बुझ जाँच पास हुनु नै पर्ने मा केन्द्रित छ, जहाँ पाठ रट्नु नै सफलता मानिन्छ । यस्तो प्रणालीले बालबालिकालाई सोच्न र बुझ्न होइन सुगा रटाई पढाइले बास्तबिकता ज्ञान दिन सकेको छैन । दैनिक तालिका अनुसार किताब मात्र ल्याउने प्रावधान भए तापनि, धेरै विद्यालयले अनावश्यक रफ ,सफ कापी र पुस्तक ल्याउन निर्देशन दिन्छन् । यसले झोला झनै भारी बनाउँछ। शिक्षक र विद्यालय प्रशासन पनि झोलाको तौलप्रति गम्भीर नदेखिनु अर्को चुनौती हो । कतिपय अवस्थामा सम्पूर्ण पुस्तक झोलामा ल्याउन आग्रह गरिन्छ, जुन बालमैत्री शिक्षण विधिको ठाडो उल्लङ्घन हो । यस्तो अभ्यासले विद्यालयलाई सिकाइको थलो होइन, मानसिक र शारीरिक बोझ बनाई रहेका छन् ।
स्कूल भनेको बालबालिकाको दोस्रो घर हो तर जब त्यही घर पीडाको कारण बन्छ, तब बालबालिकामा पढाइ प्रती बित्रीस्णा जाग्छ । भारी झोला अनुशासनको कडाइ संवादको अभाव र गृहकार्यको अत्यधिक चापले गर्दा विद्यार्थीहरूमा विद्यालयप्रतिको रुचि हराउँदै जान्छ। उनीहरूले विद्यालय जान नचाहनु, बहाना बनाउनु, वा बिरामी छु भन्ने अवस्था आएको छ ।
दीर्घकालीन रूपमा यस्तो अवस्था विद्यालय छाड्ने को मुख्य कारण बन्न सक्छ विशेषत ग्रामीण क्षेत्रहरूमा जहाँ शिक्षकको अभाव अभिभावकको चेतनाको कमी र विद्यालयको वातावरण नै सन्तोषजनक हुँदैन । झोला एउटा प्रतिक हो शिक्षण प्रणालीको जडता संवेदनशीलता अभाव र बालबालिकामाथिको गैरजिम्मेवार व्यवहारको ।
यस समस्याको समाधान कल्पना मात्र होइन ठोस नियम बनाएर गरुङ्गो झोलाको सट्टा बिकल्प खोजिनु पर्छ । सरकारले विद्यालय तहका लागि स्पष्ट निति बनाउनुपर्छ जसमा तालिकाअनुसार कुन दिन कुन किताब ल्याउने भन्ने उल्लेख होस् । शारीरिक ब्याम खेल्कुद सिर्जनात्मक कृयाकलाप्मा जोड दिनु जरुरी छ जसले मानसिक स्वास्थ्य सुधार गर्छ । यस्तो अभ्यासले शिक्षा एकपक्षीय हैन, बहुआयामिक र सहभागी बनाउँछ ।
विद्यालयको झोला बालबालिकाको लागि ज्ञानको साधन हुनुपर्छ, न कि शारीरिक र मानसिक बोझको प्रतीक। बालमनोविज्ञान अनुसार, बालबालिकाले सिकाइ रमाइलो चासो अनुभव खेलकुदबाट गर्ने गर्छन् तर भारी झोला रट्ने प्रवृत्ति र परीक्षा केन्द्रित शिक्षाले उनीहरूलाई थकित डराएका र अरूचिकर बनाउँदै लगेको छ । यस्तो अवस्था बालबालिकाको प्राकृतिक विकासमा बाधक बन्न सक्छ । त्यसैले अब समय आएको छ शिक्षा प्रणालीमा सुधार ल्याउँदै झोला बोझ कम गर्नेबडिजिटल सामग्री परियोजनामूलक सिकाइ र बालमैत्री वातावरणको प्रवद्र्धन गर्ने । शिक्षण विधि बालबालिकाको शारीरिक क्षमता मनोस्थिति चासोअनुसार परिवर्तन हुनुपर्छ, ताकि उनीहरूमा आत्मविश्वास सृजनशीलता जिम्मेवारी विकास गर्न सकियोस् । झोला नभएर पनि शिक्षित बन्न सकिन्छ, तर झोला भएर पनि मानसिक रूपमा बोझिएर पढाइबाट टाढिनु गम्भीर समस्या हो । त्यसैले शिक्षालाई बोझरहित प्रेरणादायक र व्यवहारिक बनाउनेतर्फ सबै शिक्षासंस्थाले ध्यान दिनु अहिलेको आवश्यकता हो । जब बालबालिका विद्यालय जान उत्साहित हुन्छन्, उनीहरूको मुस्कानसहितको भविष्य सुनिश्चित हुन्छ । हामीले शिक्षा केवल किताब र कापीमा सीमित राख्ने सोच त्याग्नुपर्छ । बालबालिकाले पुस्तकमात्र बोकेर होइन, सोच्ने बुझ्ने र अनुभव गर्ने वातावरणमा सिक्न पाउनुपर्छ। जापान, फिनल्यान्डजस्ता देशहरूमा विद्यार्थी झोला बोक्दैनन् कक्षामा नै आवश्यक सामग्री उपलब्ध हुन्छ । यस्ता अभ्यासहरूले विद्यार्थीको खुसीपन आत्मसम्मान र सिकाइ क्षमता वृद्धि गर्छ । नेपालमा पनि सानोतिनो नीति परिवर्तन व्यवस्थापन सुधार र चेतना अभिवृद्धिबाट ठूला रूपान्तरण सम्भव छन् । बालबालिकालाई शिक्षा यस्तो दिनु पर्छ जसले उनीहरूको काँध हलुका बनाओस् मस्तिष्क तेज बिधालय खुसी साथ रमाउदै पढ्ने दोश्रो घर बन्नु पर्छ ।