जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख, प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकी घुस सहित पक्राउ परेका छन् ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले बुढाथोकीलाई २५ हजार नगद घुस सहित पक्राउ गरेको हो ।
अख्तियारका अनुसार, प्रहरी नायब निरीक्षक बुढाथोकीलाई उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित निजको निवासबाट सोमबार नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।