नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको एउटा बसको ठक्करले सुर्खेतरोड पुस्पलाल चोकमा सोमवार बिहान ४८ वर्षीय प्रवधन शाही गम्भीर घाइते भएका छन् ।
बाँके प्रहरीका अनुसार, नेपालगन्ज बसपार्कबाट कोहलपुरका लागि जाँदै गरेको अवस्थामा भे १ ख २८५५ नम्बरको बसले बाटो काटिरहेका बेला नेपालगन्ज – ४ निवासी शाहीलाई ठक्कर दिएको हो । त्यसक्रममा शाहीको एउटा खुट्टा र हात भाच्चिएर गम्भीर घाइते भएका हुन् ।
प्रहरीले चालक सहित बसलाई नियन्त्रणमा लिएर कानुनी कारबाही चलाइरहेको र घाइते शाहीले उपचार भइरहेको जनाएको छ ।