For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

byDainik Nepalgunj
May 24, 2026
in विचार
0 0
0
दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा
Share on FacebookShare on Twitter

मानवीय बुद्धि, साधना, अध्ययन, लगन र अतृप्त जिज्ञासाको मिलनबाट ज्ञानका क्षेत्रफलहरू फैलिँदै जाँदा एउटा सामान्य बुद्धि परिष्कृत भएर दर्शनको उच्च क्षेत्रमा प्रवेश गर्छ । दर्शन कुनै आकासे फल होइन, यो त जिज्ञासाको समाधानका लागि गरिएको मिहिनेत र संघर्षबाट खारिएको मानव चेतनाको निचोड हो । यही चेतनाको आलोकमा उभिएर हेर्दा हालै नेपालगञ्जमा सम्पन्न दर्शन विमर्शका कतिपय पक्षमाथि पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।

नेपालगञ्जमा मेरो बसाइ पाँच दशक पुगिसक्यो । यो अवधिमा यहाँ अनेकौँ प्राज्ञिक बहस भए, तर दर्शनमाथि केन्द्रित विमर्शको खडेरी नै थियो । हालै ’शाश्वत आचार्य प्रतिष्ठान’ र ’भेरी साहित्यिक समाज’को पहलमा ”पूर्विय दर्शन”माथि एउटा विमर्श भयो । यो नेपालगञ्जका लागि एउटा भिन्न र सुखद प्राज्ञिक अभ्यास पनि हो ।

तर, उक्त कार्यक्रममा प्रस्तुत धारणाले दर्शनको विशाल आकाशलाई एउटा सानो कोठामा थुन्ने प्रयत्न गरे जस्तो मलाई लाग्यो । कार्यक्रमको ब्यानर र प्रवचनबीच प्रस्ट विरोधाभास देखिए । नेपालगञ्जमा एउटा नास्ताको परिकार ’घमन्जा’मा धेरै स्वाद मिसाइने गरेझैँ, त्यो व्याख्यानमाला पनि घमन्जा जस्तै भान भयो । मेरा ज्ञानका सीमितताका कारण विद्वान प्रवचक मुरारी गौतम आफैँमा भ्रमित (कन्फ्युज्ड) जस्तो लागेपछि मैले जिज्ञासा पनि राखेँ । उहाँको प्राज्ञिक प्रोफाइल ठूलो रहेछ, तर मेरा जिज्ञासा अनुसार मैले खोजेको धर्म र दर्शनको व्याख्या व्याख्याताको प्रवचनसँग मेल खान सकेन । त्यतिबेला मलाई प्लेटोको गुफाको सिद्धान्त र बदलिइरहने सत्यको याद आयो ।

प्लेटोको गुफा र भ्रमको संसार

प्लेटोले एउटा भूमिगत गुफाको कल्पना गरेका छन्, जहाँ केही मानिसहरू जन्मैदेखि साङ्लोले बाँधिएका छन् । तिनीहरूको टाउको यसरी बाँधिएको छ कि उनीहरू केवल अगाडिको पर्खाल मात्र देख्न सक्छन ्। ती बाँधिएका मानिसहरूले पर्खालमा केवल बाहिरको आगोका कारण बनेका वस्तुहरूको ’छायाँ’ मात्र देख्छन् र बाहिरबाट आएको आवाजलाई ती छायाकै आवाज ठान्छन् । तिनीहरूका लागि त्यही छाया नै एकमात्र र अन्तिम ‘सत्य’ बन्छ ।

यदि तीमध्ये एकजनालाई बन्धनमुक्त गरेर गुफाबाहिर ल्याइयो भने, सुरुमा आगो र सूर्यको कडा प्रकाशले उसका आँखाहरू तिरमिराउँछन् । ऊ पीडाले छटपटाउँछ र फेरि गुफाकै अँध्यारोमा फर्कन खोज्छ । तर बिस्तारै, उसका आँखा प्रकाशमा अभ्यस्त हुँदै जाँदा उसले वास्तविक संसार देख्छ । तब उसलाई थाहा हुन्छ कि उसले जीवनभर जे देख्यो, त्यो त वास्तविक वस्तुको प्रतिविम्ब वा छाया मात्र पो रहेछ ! यहाँ ’सत्य’ चेतनाको स्तरसँगै फेरिन्छ । त्यो त विचार र आदर्शको संसारको छाया मात्र हो । चेतना र ज्ञानको विकाससँगै सत्यको परिभाषा बदलिन्छन् ।

गुफाबाट मुक्त भएको व्यक्ति वास्तविक सत्य देखेर पुनः आफ्ना पुराना साथीहरूलाई ’मुक्त गर्न’ र सत्य बताउन गुफाभित्र फर्कन्छ, तब गुफाका मानिसहरूले उसको कुरा पत्याउँदैनन् । उल्टै उसलाई गिज्याउँछन् र भन्छन— “यो त बौलाएछ ।“

संज्ञानात्मक असंगति र अहम्

कुनै नयाँ तर्क वा सत्यले स्थापित मान्यता, विश्वास वा दृष्टिकोणलाई चुनौती दिएपछि मस्तिष्कमा एउटा असहजता वा तनाव पैदा हुन्छ । यसलाई मनोविज्ञानमा ’कग्निटिभ डिसोनेन्स’ भनिन्छ । अहंकारले आफूलाई ’गलत’ साबित हुन नदिन त्यो नयाँ तर्कलाई नै अस्वीकार गरिदिन्छ ।

गुफाका मानिसहरूको अहंकार जीवनभर विश्वास गरेको ’छायाँको संसार’ सँग जोडिएको छ । यदि उनीहरूले बाहिरबाट आएको मानिसको तर्क स्वीकार गरे भने, उनीहरूको आफ्नो पहिचान, ज्ञान र अहम् समाप्त हुन्छ । आफू मूर्ख देखिने डरले इगोले सत्यको खोजी गर्नुको साटो तर्क गर्ने व्यक्तिमाथि नै आक्रमण गर्न थाल्छन् । अहम्ले मानिसलाई त्यस्ता कुराहरू मात्र खोज्न र स्वीकार्न बाध्य पार्छ, जसले उसको पुरानो विश्वासलाई बलियो बनाउँछ । आफ्नो अहम् जोगाउन मानिस अकाट्य तर्कका अगाडि पनि अन्धो बनिदिन्छ ।

‘द रिपब्लिक’मा प्लेटोले गुफाको माध्यमबाट भिडको मनोविज्ञान र तत्कालीन एथेन्सको लोकतन्त्रको विकृतिमाथि कडा प्रहार गरे । गुफाभित्रका मानिसहरू एक्ला छैनन्, तिनीहरू समूहमा छन् । भिडको विशेषता के हुन्छ भने, यदि बहुमतले कुनै झुटलाई सत्य मानिरहेको छ भने, त्यहाँ तर्क र विवेक हराउँछ । भिड सधैँ यथास्थितिवादी हुन्छ । उसलाई आफ्नो अँध्यारो र आरामदायी गुफा प्यारो लाग्छ । नयाँ विचार, क्रान्ति वा दार्शनिक चेतनाले भिडलाई असुरक्षित महसुस गराउँछ । प्लेटो भन्छन्— “यदि गुफाबाहिरको सत्य बुझेर फर्केको दार्शनिकले त्यो भिडका मानिसहरूलाई साङ्लोबाट मुक्त गर्न खोज्यो भने, भिडले उसलाई पागल सम्झन्छ र सम्भव भयो भने उसको ज्यान समेत मारिदिन्छ ।“ (यहाँ प्लेटोले आफ्ना गुरु सुकरातलाई एथेन्सको भिड र शासकहरूले विष दिएर मारेको ऐतिहासिक घटनालाई सांकेतिक रूपमा प्रस्तुत गरेका हुन)। स्थापित भ्रमहरूलाई तोडेर विवेकको प्रकाशतर्फ लाग्नु नै वास्तविक बौद्धिक र दार्शनिक यात्रा हो ।

नेपालगञ्जको प्रवचनमा देखिएका संकुचनहरू

प्लेटोको गुफा सिद्धान्तको कसीमा हेर्दा उक्त प्रवचनमा मैले मुख्यतः निम्न विरोधाभास र संकुचनहरू देखेँः

क) धर्म र दर्शनको घालमेलः विद्वान प्रवक्ताको प्रस्तुतिमा धर्म र दर्शनलाई जसरी मिसाइयो, त्यो दार्शनिक दृष्टिले त्रुटिपूर्ण छ । धर्म ’आस्था’ र ’विश्वास’को विषय हो, जहाँ प्रश्न गर्न वर्जित हुन सक्छ । तर दर्शन तर्क, सन्देह र विवेकको कसी हो ।

ख) वैदिक साहित्य र इतिहासको फ्युजनः वैदिक साहित्य न विशुद्ध धार्मिक ग्रन्थ हुन् न त इतिहास नै। इतिहासलाई पुरातात्विक परीक्षणका लागि अब विश्वासमा मात्र भर नपरी प्रमाणित गर्ने डीएनए र कार्बन डेटिङ जस्ता वैज्ञानिक प्रविधिको विकास भइसकेको छ । रामायण, महाभारत जस्ता वैद्दिक साहित्यिक नायकहरूलाई दर्शनसँग घालमेल गर्दा दार्शनिक र ऐतिहासिक पाटो ओझेलमा पर्यो ।

ग) मनुस्मृति जस्ता कृतिहरूलाई दर्शनको कोटीमा राख्नु अर्को गल्ती थियो । मनुस्मृति दर्शन नभएर एउटा खास कालखण्डको ’ब्राह्मणवादी शासन विधि’ मात्र हो, जसले समाजलाई श्रेणीबद्ध र विभेदकारी बनाउन भूमिका खेल्यो ।

घ) सीमांकनको भ्रम (पूर्व र पश्चिमको कृत्रिम पर्खाल)ः पूर्वीय दर्शन भनेर केवल भारतीय वा वैदिक दर्शनलाई मात्र बुझ्नु र बुझाउनु एउटा औपनिवेशिक भाष्यको निरन्तरता मात्र हो । संसारलाई पूर्व र पश्चिम गरी दुई भागमा बाँड्ने काम युरोपेली शक्तिहरूले आफ्नो स्वार्थ अनुकूल गरे । उनीहरूले ग्रीक चिन्तनलाई दर्शन र अरूका विचारलाई अन्धविश्वास वा संस्कृतिको संज्ञा दिए ।

दर्शनको वास्तविक भूगोल र संहारको इतिहास

यदि हामी दर्शनलाई भूगोलमा कैद गर्छौँ भने हामीले धेरै कुरा गुमाउँछौँ । पूर्व भन्नाले फारस, अरब, ह्वाङ–हो र निप्पन (जापानी) दर्शनलाई किन बिर्सने ? फारस र अरब दर्शनः जसले तर्क र अध्यात्मलाई जोडेर विश्व चिन्तनमा पुलको काम गर्यो ।

ह्वाङ–हो (चिनियाँ) दर्शनः जहाँ कन्फुसियसको नैतिकता र ’लिगलिज्म’ (विधिवाद) को व्यावहारिक चिन्तन छ । निप्पन दर्शनः जसले प्रकृति र शून्यतालाई ’शिन्तो’ र ’जेन’ मार्फत विशिष्ट ढङ्गले व्याख्या गर्छ ।

मानव इतिहासको एउटा तितो यथार्थ के हो भने, शक्ति जहिले पनि ज्ञानको दुश्मन बन्यो । शासक र आक्रान्ताहरूले सभ्यतालाई नष्ट गर्न चाहँदा पहिलो प्रहार पुस्तक र पुस्तकालयमाथि नै गरे । ज्ञानले प्रश्न गर्छ र चेतना जगाउँछ, जुन शक्ति र धर्मका लागि सधैँ घातक मानिन्छ । त्यसैले त, अलेक्जेन्ड्रियाको पुस्तकालय खरानी बनाइयो; तक्षशिला र नालन्दा जलाइयो; बगदादको ’हाउस अफ विजडम’ ध्वस्त पारियो भने चीनका ग्रन्थहरू आगोमा झोकिए । इरानका समृद्ध पुरातत्व र पुस्तकालयहरू नामेट पारिए । यी सबै घटनाले के पुष्टि गर्छन् भने, विचारलाई पराजित गर्न नसकेपछि शक्तिले सधैँ प्रमाणलाई जलाउने बाटो रोज्यो ।

यही बौद्धिक संहारको शिकार हाम्रो मौलिक चार्वाक (लोकायत) दर्शन पनि भयो । अचम्मको कुरा त के छ भने, चार्वाकका आफ्ना मूल ग्रन्थहरू आज अस्तित्वमा छैनन्; उनका विचारहरू केवल विरोधीहरूको खण्डन र आलोचनामा मात्र सुरक्षित छन् । यो सत्यमाथि गरिएको शक्तिको कति भयानक प्रहार हो भन्ने यसैबाट प्रष्ट हुन्छ ।

अध्यात्मवादको एकाधिकार र भौतिकवादको उपेक्षा

चिन्तनलाई केवल ‘आध्यात्मिक’ वा ’परलोक–केन्द्रित’ मान्नु अर्को ठूलो बौद्धिक भ्रम हो । चार्वाक (लोकायत) दर्शनले ‘प्रत्यक्ष’ बाहेक अरू प्रमाणलाई मान्दैन र पुनर्जन्मको अस्तित्वलाई पूर्णतः अस्वीकार गर्छ । बुद्धको ‘अप्प दीपो भव’ (आफ्नो प्रकाश आफैँ बन) भन्ने सन्देश शास्त्र र अन्धविश्वास विरुद्धको एउटा ठूलो दार्शनिक विद्रोह थियो । उक्त व्याख्यानमा यी भौतिकवादी र विद्रोही धारहरूलाई न्यूनीकरण गरियो । दर्शन भक्तिशास्त्र होइन ।

भनिरहनु परेन, दर्शनका मूलतया दुई धारा छन— आध्यात्मिक र भौतिकवादी स्कूल । यसलाई पूर्वीय र पश्चिमी दर्शनमा मात्र कैद गर्नु भनेको शक्ति–खेलको भाष्य निर्माण गर्नु मात्र हो । पूर्वीय दर्शन भन्दै गर्दा फारस, अरब, ह्वाङ–हो र निप्पन दर्शनको चर्चा नहुनु भनेको ज्ञानलाई आफ्नै पेरिफेरी र आग्रहमा खुम्च्याउनु मात्र हुन जान्छ । आस्था जब धार्मिक राजनीतिमा फेरिन्छ, तब दर्शनलाई पनि घालमेल बनाउने आग्रहका खेलहरू सुरु हुन्छन् ।

बिट मार्दैगर्दा
भौगोलिक दूरीले ज्ञानको आदानप्रदानमा अवरोध पुर्याउँदा सुरुवाती दिनमा सोच्ने तरिका भूगोल अनुसार फरक पर्दै गए । त्यही ज्ञानको भोक र सोच्ने शैली नै पछि गएर ’दर्शन’ बनेर देखा पर्यो । तर कालान्तरमा, शक्तिको वर्चस्वको खेलले आफ्नो भाषा, धर्म र दर्शनलाई मात्र श्रेष्ठ भन्न थाल्यो । उपनिवेश विस्तारसँगै आफूलाई सभ्य र अरूलाई असभ्य देखाएर ’सभ्य बनाउने जिम्मेवारी’ (ध्जष्तझबलुक द्यगचमभल) को झुटो भाष्य निर्माण गरियो । आज हामीले सुन्ने गरेका ‘पूर्वीय’ वा ’पश्चिमी’ जस्ता विभाजित दार्शनिक पदावलीहरू पनि वास्तवमा त्यही शक्तिको राजनीतिले उनेका संकुचित घेराहरू मात्र हुन् ।

दर्शन कुनै स्थिर पोखरी होइन, यो त निरन्तर बगिरहने नदी हो । हामीले दर्शनलाई वैदिक घेरा, भारतीय सिमाना वा पश्चिमा तर्कशास्त्रको चौघेरामा मात्र कैद गर्नु हुँदैन । नेपालको हिमालय र तराईबाट उठेको चिन्तनदेखि एन्डिज पर्वतमालाका इन्का सभ्यताका सुस्केराहरूसम्म सबै मानव जातिको साझा विरासत हुन् । विद्वान प्रवचकको ज्ञानको सीमितता र एउटै धाराको महिमामण्डनले दर्शनको मर्म बुझ्न सकिँदैन । ज्ञानलाई आग्रहको साँगुरो घेराबाट मुक्त गरी विश्व–दृष्टिकोणका रूपमा बुझ्नु नै दर्शनका विद्यार्थीहरूको आजको आवश्यकता हो । दर्शनको क्षितिज संकुचित व्याख्याको घेराभन्दा माथि उठ्नै पर्छ ।

Previous Post

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

दर्शनको क्षितिज र संकुचित व्याख्याको घेरा

May 24, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

तीव्रगतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

May 24, 2026

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

May 24, 2026
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

May 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version