देशमा आजः धेरैजसो स्थानमा बदलीको सम्भावना

  1. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार र आइतबार देशका धेरैजसो स्थानमा बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
Exit mobile version