- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले भने,‘दलहरुबीच छलफल जारी, संविधान संशोधन हुन्छ ।’
- जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार ढुंगाखानीमा सडकदेखि ५ सय मिटर तल भिरमा खस्दा एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइले भएका छन् ।
- रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको छ ।
- चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा साढे ६ अर्ब रुपैयाँले घटेको छ । गत भदौसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कर्जा ३ खर्ब ५ अर्ब रुपैयाँ छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । सोमबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताएका हुन् ।
- मुख्यमन्त्री बहादुरसिं लामाले बागमतीमा पुनः मन्त्रालय फुटाउने तयारी गरेका छन् । ९ साउनमा मुख्यमन्त्री लामासँगै शपथ लिएका मन्त्री मदुकुमार श्रेष्ठ हालसम्म विना विभागीय छन् । बागमतीमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय छन् । तर मन्त्रिपरिषद १४ सदस्यीय छ ।
- मन्त्रिपरिषद् बैठकले विद्युत् महसुल विवादका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेपनि उक्त प्रतिवेदन अझै ऊर्जा मन्त्रालयमा पुग्न सकेको छैन । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आइतबार नै उक्त प्रतिवेदन ऊर्जा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सोमबार साढे दुई बजेसम्म पनि उक्त निर्णय ऊर्जा मन्त्रालयमा आइनपुगेकाले साइटमा नराखिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
- राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापर्वाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापर्वाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिए ।