- सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।
- वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो ।
- २१ वर्षअघि मिलन गुरुङको हात छिनालेको घटनामा गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे मंगलबार जेल चलान भएका छन् । सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघि फैसलालाई नै सदर गर्दै उनीमाथि ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उनलाई मंगलबार बिहान प्रहरीले राजधानीको सानोभर्याङ क्षेत्रबाट पक्राउ गरेको थियो ।
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो सय दिने प्रगति विवरण सार्वजनिक गरेको छन् । ०८१ साउन २० गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएको शाहले मंगलबार यस अवधिमा प्राप्त गरेका कामहरूको फेहरिस्त सार्वजनिक गरेका हुन् ।
- पेट्रोल बोकेको ट्यांकरको टायर मर्मतका क्रममा पड्किएर हेटौंडामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएर मृत्यु हुनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् ।
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा खुलेर लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गरेका छन् ।
चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनीमा उद्योग, पर्यटन, कृषि, फलफूल, जडीबुटी प्रशोधन र स्वास्थ्य क्षेत्रबाट लाभ लिन सकिने प्रचूर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेका हुन् ।