- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए शनिबार उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएका हुन् । - चीन भ्रमण सकेर शनिवार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन् । १७औं राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरीको त्रिपुरेश्वरमा उद्घाटनका क्रममा उनले अधुरा योजनाहरुलाई समयमानै पूरा गराउने प्रमुख प्राथमिकता रहेको बताए ।
- मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
- १६ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न गैरसरकारी संघ/संस्थाहरुको सहकार्यमा ७६ औ विश्व मानव अधिकार दिवसको सन्दर्भमा महाभेला हुन लागेको हो । आयोजकले शनिवार पत्रकार सम्मेलन गरेर महाभेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
- प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै दाहालले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए ।
- पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।
देशमा आजः ८ बजे ८ खबर
