धमाधम समातिंदै फरार

जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयन अभियान अन्तर्गत बैशाख महिनामा ७६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षकका अनुसार, पक्राउ परेका प्रतिवादीबाट कुल १० वर्ष २ महिना २० दिन कैद सजाय कार्यान्वयन बाँकी रहेको थियो । उनीहरूबाट अदालतबाट तोकिएको रु. ४७ लाख २७ हजार ४३० बिगो तथा क्षतिपूर्ति रकम असुलका पक्राउ परेकाहरूलाई अदालत बुझाइएको छ ।

बाँकेका प्रहरी अधिकारीहरूले फरार प्रतिवादी खोजी तथा फैसला कार्यान्वयन अभियानलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा समेत यसलाई थप तीव्र बनाइने बताउँदै आएका छन् ।

Exit mobile version