नेपालगन्जमा शुक्रबार राती धारिलो हतियार प्रहारबाट एक व्यक्तिको हत्या भएको छ ।
टाँगा स्टेशन नजिक दुई समूहको झडपका क्रममा धारिलो हतियार प्रहार हुँदा इरसाद कबाडियाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
कबडियाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बाँके प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार दुई समूहको झगडा मिलाउन गएका कबाडियालाई चोट लागेको थियो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।