नमस्कार ! आरामै ? नेपालगन्ज र कोहलपुरका मुख्य सडक वरिपरि पर्पल ब्रोन्डिङमा तपाईको चासो राखिएका यसखालका होर्डिङ बोर्डहरू हेर्नुभयो होला । त्यससँगै एनसेलले आफ्नो सेवाग्राहीका लागि उपलब्ध गराइएका ‘अफर’ पक्कै पढ्नु भयो होला ।
एनसेलका प्रोभिन्स विजनेश म्यानेजर मनोज जोशी भन्छन्, ‘कुनै समय नेपालमा पर्पल कलर भनेको नै एनसेल हो भनेर चिनिन्थ्यो, अब २०२५ को सुरुवातसँगै नेपालगन्ज र कोहलपुरका विभिन्न स्थानहरूमा एनसेलले आफ्ना ब्राण्डलाई पुन ब्रान्डिङ गरेर सेवाग्राही माझ चम्काउन खोजिरहेको हो ।’
दैनिक नेपालगन्जको चासोमा एनसेल म्यानेजर जोशीले पछिल्लो ४/५ बर्षदेखि सामान्य प्रमोशनल ब्रान्डिङ बाहेक ठूलो लगानी नगरेको एनसेलले पुनः ब्रान्डिङ्ग गर्दैछ भन्ने कुराको प्रतिक्रिया दिंदै भने, ‘ग्राहकहरूलाई ब्रान्डिङ्ग मार्फत आफ्नो भरपर्दो सेवाको प्रयोग गर्न अपिल गर्नु यसको उद्देश्य हो ।’ जोशीले एनसेलको नियमित ब्रान्डिङ्ग रिफरेसमेन्ट योजना अन्तर्गत नेपालगन्ज र कोहलपुरमा वालपेन्ट, होडिङ्ग बोर्ड लगायतका काम भैरहेको जानकारी दिंदै भने, ‘ग्राहकलाई भरपर्दो तथा गुणस्तरीय सेवा दिन प्रतिबद्ध एनसेल त्यस कुराको जानकारी ग्राहकमाझ आवश्यकता अनुसारका प्रमोशनल कार्यमार्फत पुनः ब्रान्डिङ्गमा सक्रिय भैरहेको हो ।’