बाँकेको नरैनापुर गाउँपालिका केही वडाहरूमा गरीएको परिक्षणमा छालाका रोगीहरू भेटिएका छन् । गरीएको परिक्षणमा ९ जना कुष्ठरोगी सहित करिब २ सय ६६ जनामा विभिन्न छालाको रोग फेला परेको हो ।
पालिकाको ५ नम्बर वडा छालाका रोगीहरूमा पनि कुष्ठ रोग प्रभावितको संख्य बढी भएको स्थानीय स्वस्थ्य चौकीका अहेब दिनेश कुमार मौर्या । स्वास्थ्य कर्मी अहेव मौर्या बताउँछन्, ‘नरैनापुर गाउँपालिकामा छाला रोगमा पनि कुष्ठका विरामीहरूको भएको वडा नम्बर ५ एक नम्बरमा पर्छ भने पालिकाकै दोस्रो नम्बरमा वडा नम्बर १ पर्दछ । वडा नम्बर १ मटैयामा १० जनाले कुष्ठ रोगको औषधी खाइराख्नु भएको छ ।’
स्वास्थ्य कर्मी मौर्या अगाडि भन्छन्, ‘छाला रोग कै लागि भने दैनिक विरामीहरू ४० जना परामर्शका लागि आउने गर्नु हुन्छ जसमा २० देखि ३० सम्म छाला रोग नै समस्या भएको पाएको छौ ।’ स्वास्थ्य कर्मी मौर्याले भने, ‘खास गरी भारतको बम्बईबाट फर्केकाहरूमा छाला सम्बन्धी समस्या देखिएको पाइएको छ ।’ नरैनापुरमा छालाका विरामीको सँख्या घट्दो अवस्थामा नभएको स्वाथ्यकर्मी मौर्या बताउँछन् ।
यसैगरी जनस्वास्थ्य कार्यलयले केही हप्ता अघि छाला रोगका बिरामीहरूको शिविर राख्ने विषय सार्वजानिक गरेको र सोही जानकारी अनुसार शनिबार नरैनापुर गाउँपालिका वडा नं. १ मा आयोजना गरीएको शिविरमा २ सय ६६ जनामा छाला रोगको समस्या पाइएको जनस्वास्थ्य कार्यालय बाँकेका कर्मचारी दुर्गा गौतमले जानकारी दिइन् ।
यसैगरी स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश सचिव दुर्गा लक्ष्मी श्रेष्ठले नरैनापुर विभिन्न किसिमले पछाडी परेको पालिका भएको हुदा पनि छाला लगायत अन्य समस्याहरू अधिकांश देखा पर्ने गरेको बताई ।्
प्रदेश सचिव श्रेष्ठले भनिन्, ‘लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्ला माध्ये पनि बाँकेको नरैनापुरमा मिश्रित अवस्था भएको हुदाँ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको ध्यान पनि यसै स्थानमा रहेको छ ।’ स्वास्थ्य सचिव श्रेष्ठले भनिन्, ‘देशमा हेर्दा लुम्बिनी प्रदेश स्वास्थ्य मापदण्डको हिसाबले निकै उच्च जोखिममा रहेको देखिन्छ, लुम्बिनी प्रदेशमा पनि बाँके र कपिलवस्तु अझै धेरै बढि नै त्यस्ताखालका प्रकोपहरू रहेको भन्ने छ त्यसैले यहाँ समस्या पनि धेरै रहेको छ, धेरै रोगको आइटब्रेक यही ठाउँबाट हुने भएको हुँदा, रोगको प्रकोप अन्य क्षेत्रको भन्दा फरक भएको हुदाँ,अन्य क्षेत्रमा जस्तो नगरी अलि फरक ढंगले यहाँ रोग पहिचान देखि लिएर उपचारका गर्नु पर्ने देखिन्छ ।’
यसैगरी जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले छालारोग सम्बन्धी समस्या भएका मानिसहरू भेटिनुको कारण दविएर रहेको अवस्था भएको बताउँदै भन्छन्, ‘हामीले परिक्षण गरी रहेको छौं, छाला रोगका विरामीको संख्या बढ्नु कारण पहिला पत्ता नलागेकोहरू हुन्, अहिले नयाँ नयाँ प्रविधिको प्रयोगको कारण समेत रोगहरू पत्ता लागिरहेको अवस्था हो ।’ जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख श्रेष्ठले छाला रोगको समस्या महामारीको रूपमा देखिनुलाई खुला सिमानाका भएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका कुष्टरोग फोकल व्यक्ति रविन्द्र कुमार शाहका अनुसार २ सय ३६ जना छालाका समस्या भएका व्यक्तिहरूलाई परिक्षण गर्दा ९ जना कुष्ठरोगका विरामी भेटिएको बताए । फोकल व्यक्ति शाहले भने, ‘हामीले गरेको एकदिने छाला सम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि राखिएको शिविरमा ९ जनामा कुष्टरोग भएको प्रमाणीत भएको छ, जसमा ८ जना पुरुष हुनुहुन्छ भने एक जना महिला रहेका छन । जसको उमेर समुह युवा अवस्था नै रहेको छ ।’ फोकल व्यक्ति शाहले भने, ‘अब हामीले नौ जनाका परिवारका सदस्याहरू र छरछिमेकमा समेत यसको परिक्षण गर्नेछौ ।’
छालाको रोग मध्येको रोग कुष्ठ रोगको उपचार समयमा नपाएको खण्डमा विभिन्न समस्याहरू हुने समेत फोकल व्यक्ति शाहले बताए । फोकल व्यक्ति शाहले भने, ‘छालाका रोगका प्रकारहरू विभिन्न हुन्छन् त्यसमध्ये कुष्ठरोगले रोगीको छालामा, नशा लगायतमा समस्या पुगाउने गर्दछ भने अलिपछि अंगभंग समेत हुने गर्दछ ।’
खुला सीमानाका तथा सिमा जोडिएका ग्रामिण भेकहरूबाट भारतीय कामदारका रूपमा गएर आउनेहरूमा छालाका रोगको समस्या बढि देखिने गरेको भएकोता पनि यसैलाई मात्रै कारणको रूपमा मान्न सक्ने देखिदैन । नरैनापुरमा शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी समेत समस्या रूपमा रहेको हुँदा छालाको समस्या देखिएको हो कि भन्न सक्ने अवस्था पनि रहन्छ ।