–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँचको मृत्यु
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
फोहोर व्यवस्थापन गर्न नीति होइन कडा नियमन आवश्यक
by
Dainik Nepalgunj
May 27, 2026
सूचीकृत भए ६० स्थानीय तहका कृषक घर धुरी
by
Dainik Nepalgunj
May 27, 2026
पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो
by
Dainik Nepalgunj
May 27, 2026
उद्योग दर्ता १२ प्रतिशतले बढ्यो
by
Dainik Nepalgunj
May 27, 2026
जलवायु परिवर्तनका चुनौती बढ्दै
by
Dainik Nepalgunj
May 27, 2026