नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।
नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु
- Dainik Nepalgunj

- Categories: News
Related Content
बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
by
Dainik Nepalgunj
June 2, 2025
यातायात व्यवसायीसँग वार्ता सुरु
by
Dainik Nepalgunj
June 2, 2025
धनगढीमा अत्यधिक विषादी प्रयोग गरिएको आँप नष्ट
by
Dainik Nepalgunj
June 2, 2025
विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ
by
Dainik Nepalgunj
June 2, 2025
किन भो यातायात कार्यालयको सेवा ठप्प
by
Dainik Nepalgunj
June 2, 2025