नेपालगन्जबाट अनलाइन जुवा खेलाउने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका १ स्थित एउटा घरबाट जुवा खेलाइरहेको अवस्थामा १५ जनालाई उपकरणहरु सहित नियन्त्रणमा लिएको हो ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले १५ जना सहित मोबाइल–५६ थान, ल्यापटप, १८ थान, चार्जरहरु समेत जुवा खेलाउनेहरुबाट नियन्त्रणमा लिएको जानकारी दिए । ‘थप अनुसन्धान अगाडि बढाएका छौं’, उनले भने ।
पक्राउ पर्नेमा विभिन्न जिल्लाका व्यक्तिहरु रहेका छन् । बर्दियाका बिराज पौडेल, सास्वन पाठक, खजुराका ईश्वर राणा, टोप ब.थापा, मोरङका ईसाक लिम्बु, सुदेश राई, रोसन दनुवार, खोटाङ्गका प्रविण राई, इलामका पर्शुराम दर्जी, सिराहका राकेश कुमार यादब, पर्साका सुरेन्द्र चौधरी, उदयपुरका भास्कर मगर, रुकुम पश्चिमका दिपेन्द्र के.सी., गोर्खाका रुपक कोइराला, पर्वतका सुन्दर राणा रहेका छन् ।