संघीय सरकारले आगामी आ.व. २०८२/०८३ का लागि बजेट बिहीबार सार्वजनिक गरेको छ ।
बजेटमा नेपालगन्जरोड–नेपालगन्ज जोड्ने रेलमार्ग निर्माण कार्यको सुरु गरिने उल्लेख छ । ‘सीमावर्ती दक्षिण नाकाका न्यूजलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगन्जरोड–नेपालगन्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी शुरू गरिनेछ’, बजेटमा उल्लेख छ ।
त्यस्तै, बबई, रानी जमरा कुलरिया, महाकाली, प्रगन्ना बड्कापथ सिँचाइ आयोजनाहरू आगामी तीन वर्षभित्र सम्पन्न गरिने बजेटमा उल्लेख छ । सिक्टा र वृहत दाङ उपत्यका सिँचाइ आयोजनाको निर्माणलाई तीव्रता दिइने बजेटमा उल्लेख छ । यसका लागि रु. ८ अर्ब ५० करोड विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै जानकारी दिएको छ ।
भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्कस् र पावरहाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न रु. २ अर्ब ७ करोड विनियोजन गरेको बजेटमा उल्लेख छ ।
