संचारिका समूह बाँकेको अध्यक्षमा पवित्रा परियार सर्वसम्मत निर्वाचित भएकी छिन् । संचारिका समूह बाँकेको आइतबार नेपालगन्जमा भएको छैंठौ अधिवेशनबाट पवित्रा परियार सर्वसम्मत निर्वाचित भएकी हुन् ।
समुहको उपाध्यक्षमा सरला सुवेदी, महासचिवमा आशा परियार, सचिवमा अनिता बिक, कोषाध्यक्षमा धना केसी निर्वाचित भएको निर्वाचन प्रतिनिधि अछरी पोखरेलले जानकारी दिइन् ।
सदस्यहरू बिष्णु डाँगी, जनता रैका, सायदा बानो, सन्ध्या गैरे, कल्पना शाही (प्रिया), शिवानी बिक, प्रमिला बिक, स्मृति देवकोटा, निशा शाह रहेका छन् ।
त्यसअघि उपाध्यक्ष सरला सुवेदीको अध्यक्षता र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा पत्रकारितामा महिला सहभागिता अवसर र चुनौती विषयक छलफल गरिएको थियो ।
त्यसक्रममा पत्रकारहरूले पत्रकार महिलाहरूले भोग्नु परेको चुनौति र अवसरबारे धारणा राखेका थिए । महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पत्रकार महिलाका सवालमा गम्भीर रहेको बताएका थिए ।