पौवाको शुभारम्भसँगै ‘स्वाद उत्सव’

नेपालगन्जमा एक सय करोड लागतमा पाँच तारे होटल सञ्चालन तयारीमा निर्माणकार्य गरिरहेको होटल पौवाले ‘स्वाद उत्सव’ गर्नै भएको छ ।

त्यसका लागि बाँकेमामात्रै १० हजार स्वादका पारखीलाई होटल पौवामा निम्त्याउने तयारीमा जुटेको अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । त्यसका लागि निम्ता पठाउन शुरु गरेको पौवाले पाँच दिनसम्म होटल पौवामा सर्वाधिक रुचाइएका विभिन्न परिकारहरू पाहुना पारखीलाई निःशुल्क ‘टेष्ट गराउने’ छ ।

‘हरेक दिन कम्तिमा तीन वटा नयाँ परिकारका स्वाद निम्तालुलाई पस्किइने छौं,’ होटल पौवाको नवौ स्थापना दिवस पारेर आयोजना गर्न लागिएको ‘पौवा स्वाद उत्सव–८१’ बारे जानकारी दिंदै अध्यक्ष भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘स्वादको सहर नेपालगन्जमा यो बेग्लै स्वाद पस्किने योजना हो ।’

अध्यक्ष भण्डारीका अनुसार, नौवर्ष अघि शुरु भएको होटल पौवाले देशका १६ ठाउँमा आफ्ना होटल, रेष्टुरेन्ट सञ्चालनमा ल्याइसकेको छ । पौवाले देशका सबै आफ्ना शाखाहरूमा ‘स्वाद उत्सव’ गर्ने भएको हो । ‘नेपाली मौलिक स्वाद, संस्कृति तथा आतिथ्य संस्कारको अनुपम संगमका रूपमा स्वादमय उत्सव आयोजन ागर्न लागिएको हो,’ अध्यक्ष भण्डारीले भने ।

‘नेपालगन्ज पौवाको १७ औं शाखा हो,’ आगामी नयाँ वर्ष बैशाख १ गतेका दिन नेपालगन्जमा तयार भएको इभेन्ट सेन्टर र आधुनिक रेष्टुरेन्ट शुभारम्भ गर्न लागेको जानकारी दिंदै अध्यक्ष भण्डारीले भने । इभेन्ट बुकिङ लिन थालिसकेको पौवाले मौलिक खानाको छुट्टै ‘नेपाली किचन’का पनि अब सञ्चालन तयारी गरिरहेको जनाएको छ । ‘जहाँ कोदो, फापर, मकैदेखि टिप्पीकल नेपाली उत्पादनका खाना, नेपाली भान्साकै शैली र मौलिकतामा पस्किने व्यवस्था मिलाइएको छ,’ अध्यक्ष भण्डारीले भने ।

सयकरोड लगानीको यो परियोजना पौवाको सबैभन्दा ठुलो लगानी हो । जहाँ नौतले भवनमा ९६ वटा स्तरीय शयन कक्ष, विभिन्न क्षमताका ८ वटा सभा हल, क्यासिनो, स्वीमिङ पुल लगायतका लागि पौवाले एकसय करोड लगानी गरिरहेको छ ।

इतिबेला दैनिक एकसय जनाले निर्माणमा काम गरिरहेको पौवामा अब दुई सिफ्ट काम गरेर २४ महिनामा पाँच तारे होटलका सबै पूर्वाधार तयार गरिने योजना अध्यक्ष भण्डारीका छन् । ‘त्यतिमात्रै होइन, यति ठुलो लगानीपछि पर्यटक नेपालगन्ज कसरी ल्याउनसम्मका योजनामा काम गरिरहेका छौं,’ दैनिक नेपालगन्जको जिज्ञासामा अध्यक्ष भण्डारीले उत्साहित हुँदै भने ।

Exit mobile version