प्रकृति—मानव केन्द्रित कार्यक्रमको आधारले विश्व कर्पाेरेट व्यवस्थालाई पुनर्गठित गर्ने आवश्यकता

हाम्रो ग्रह पृथ्वी चौतर्फी पर्यावरणीय जैविक संकटले ग्रसित छः
मानव जातिलाई आफ्नो उद्भवको समय देखि नै अनगिन्ति संकटहरूको सामना गर्नु परेको छ र यो सधै आफ्नो मानवीय तर्कसंगत तथा व्यवहारिक, सहज एवं अनुसन्धानको माध्यमले ती संकटहरूबाट मुक्त हुँदै पनि आएको छ, तैपनि यस समय संकट यति गंभीर छ कि कैयौ मानवीय प्रयासपछि पनि यो संकट अलिकति कम हुन सकेको छैन । समय छँदै यसको समाधान निकाल्न अबेर गरेमा यस संकटले हामीलाई (मानव जातिलाई) उथल पुथल पारि दिनेछ । जैव—पर्यावरणीय संकट २५० वर्ष पहिलेबाट नै प्रारम्भ भएको थियो । यू.एन.आई.पी.सी.सी. को अनुमानका साथै सबै रिपोर्टहरूले स्पस्ट रूपमा भनेका छन कि लगभग ३०० वर्ष पूर्व जहिले देखि पूँजीवादको प्रारम्भ भयो, त्यस अघि पृथ्वी ग्रह प्रदूषण विहीन थियो । सन् १७५० बाट प्रदूषणको आरम्भ भयो । विशेषज्ञहरूको रिपोर्टले बताउँछ कि ग्रीन हाउस ग्यासहरू (कार्बन–डाई आक्साइड, मिथेन एवं नाइट्रो–आक्साइड) को मात्रामा बृद्धिको मुख्य कारण जीवाष्म ईन्धनको उपयोग तथा भू–उपयोगको तरीकाहरूमा परिवर्तन निहित छ । सन् १७५० मा वायुमण्डलमा २८० पीपीएम (पार्ट पर मिलियन) मात्र रहेको कार्बन—डाईआक्साइडको मात्रा बडेर सन् २०२४ मा ४२७ पीपीएम सम्म हुन गयो । वर्तमानको यो बृद्धि स्वाभाविक बृद्धि भन्दा धेरै बढी छ ।

यस संदर्भमा अमेरीकी अंतरिक्ष संस्था नासाका वैज्ञानिकहरूले विश्लेषण गरे कि सन् १८८० देखि हालसम्म पृथ्वीको औसत ग्लोबल तापमान वृद्वि ८.५ डिग्री सेल्सियस भएको छ । सन् २०१६ को अनुमान अनुसार हामी वास्तवमा ३ डिग्री सेल्सियस ग्लोबल तापक्रम वृद्विको बाटोमा गईरहेका छौ ।

(क) पर्यावरणीय क्षेत्रमा
प्रकृति र समाज विज्ञान अनुसार मानव समाजका दुई मुख्य कारक छन प्रकृति (या पर्यावरण) एवं मानव । अतः मानव समाजमा कुनैपनि संकटको अर्थ हो यिनिमध्ये कुनै एक या अर्को अथवा दुबैमा नै केहि गडबडी छ । पर्यावरणीय पक्षमा यसका सबै घटक (अर्थात, हावा, पानी, जमीन, जंगल, मौसम परिवर्तन, जैविक विविधता, खनिज एवं अन्य प्राकृतिक उत्पादन आदि) समावेश छन, जबकि मानवीय पक्षले सबै मानवीय समस्याहरू (एक निश्चित समयको मानवीय विकास मोडलसंग सम्बन्धित सबै समस्याहरू तथा यिनका राजनीति, अर्थनीति, संस्कृति र सुरक्षा) लाई औल्याउँछ । यी सबै समाहित (पर्यावरणीय—जैविक) संकट अब एक सामान्य घटनाक्रम भैसकेका छन् ।

पर्यावरणीय ह्रासका मुख्य कारण ग्रीन हाउस ग्यासहरूको अत्यधिक उत्सर्जन हो जो विद्यमान रसायनमा आधारित र मुख्यतः तापीय उर्जा संचालित प्रविधि द्वारा उत्पादित प्रदूषण हुन । यी अब हाम्रा सबै घटकहरू—जसले हाम्रो पर्यावरण निर्माण हुन्छ या हावा, पानी, जमीन र जैविक विविधता (जंगलहरू सहित) ले स्पष्ट पार्दछन् । यीनलाई संक्षेपमा निम्नानुसार वर्णन गर्न सकिन्छ ।

वायुः आज हाम्रो ग्रहमा वायु प्रदुषण जैव–जीवनका लागि मुख्य चुनौती बनेको छ । यो एक मुख्य हत्यारा बनेको छ जसबाट प्रति वर्ष ७० लाख मानिस मरिरहेका छन । विश्व स्वास्थ्य संगठनको रिपोर्टका अनुसार वायु प्रदुषणले फोक्सोको क्यान्सरमा सन् २००५ पछि ३० प्रतिशत वृद्वि भएको छ । विश्वका माथिल्ला दस देशहरूको ग्रीन हाउस ग्यासको उत्सर्जनको प्रतिशत सबैभन्दा बढी छ । यो उत्सर्जन ग्लोबल उत्सर्जनको ७२.७८ प्रतिशत हो । विश्वको ९२ प्रतिशत जनसंख्या ती क्षेत्रहरूमा बसोबास गर्छ जो विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित स्वास्थ्य सीमाभन्दा बाहिर छन ।

जलः पानी सबै जीवित प्राणीहरूको जीवन रेखा हो, तर सन् २०२१ मा २ अरब भन्दा बढी मानिसहरूले पानीको अभावको सामना गर्नु पर्यो, जुन जलवायु परिवर्तन र जनसंख्या वृद्धिको परिणामको रूपमा लिइएको छ । २०२२ मा विश्वभर कम्तिमा १.७ अरब मानिसहरूले ढलबाट दूषित पिउने पानीका स्रोतहरू प्रयोग गर्नु परेको थियो । दूषित पानीले विकासशील देशहरूमा प्रति वर्ष ८० लाख भन्दा बढी मानिस मरीरहेका छन । संयुक्त राष्ट्रसंघको रिपोर्टले भन्छ कि फोहर पानी पिउनाले मर्नेहरूको संख्या सबै प्रकारको हिंसा र युद्धमा मर्नेहरूको संख्या भन्दा बढी छ । अबको २–३ दशकभित्र गम्भीर रूपमा पानीको समस्या भएका क्षेत्रहरूबाट सामूहिक बसाइँसराइ र ऊर्जासंग सम्बन्धित युद्धहरू सुरु हुनुभन्दा पहिले नै अन्तर्राष्ट्रिय जलयुद्धमा परिणत हुन सक्छ ।

भूमिः शुद्ध कृषि योग्य ६० लाख हेक्टर भूमि मध्ये ४० प्रतिशत वाणिज्यिक कृषिमा गैसकेको छ । १५० वर्षमा पृथ्वी ग्रहको माथिल्लो उब्जाउ माटोको आधा भाग नष्ट भइसकेको छ । विश्वका लगभग आधी घासका चरनहरू सकिएका छन जसबाट पशु दानाको मात्रामा कमी आएकोछ । रासायनिक खेती लगायत मानव गतिविधिले करिव ५८ प्रतिशत भन्दा बढी जमिनको जैविक विविधतालाई नष्ट गर्यो । यसमा दक्षिणपूर्वी एसिया सबैभन्दा प्रभावित क्षेत्र हो । कृषि, बाली काट्ने, आवासीय र व्यावसायिक विकास, विदेशी प्रजातिको प्रवेश र प्रदूषणले जैविक विविधतामा हस आउने प्रमुख कारण हुन् ।

वन्यजन्तुः पछिल्लो चालीस वर्षहरूमा विश्व वन्यजन्तुहरूको संख्या आधी समाप्त भइसकेको छ । आई.यू.सी.एन. को रातो सूचीमा १५,००० भन्दा बढी प्रजातिहरूलाई सूचीबद्ध गरिएको छ । अमेरीकी विश्वविद्यालयहरूको रिपोर्टले भन्छ कि पृष्ठवंशी (रीढधारी) जीवहरूको लोप हुने दर सामान्य भन्दा धेरै छिटो ११४ गुणा रहेको छ ।
समुद्रः विश्व वन्यजन्तु कोष (डब्ल्यू.डब्ल्यू.एफ) ले भन्दछ कि पछिल्ला ४० वर्षहरूमा समुद्री जीव ५० प्रतिशत समाप्त भइसकेको छ । नासा, अमेरीकी अन्तरिक्ष संस्थाको भनाइ छ कि समुद्रको स्तरमा वृद्धिले हाम्रो धेरै प्रक्षेपण साइट तथा अमेरीकी समुद्री तटहरूलाई खतरा बढेको छ । संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार ४ करोड भारतीय, २.५ करोड बंगलादेशी, २ करोड चाइनीज र १.५ करोड फिलिपीन्सका मानिस बढिरहेको समुद्र स्तरबाट जोखिममा छन् ।

जनसंख्याः सन् १९३० पछि सन् २००० सम्म विश्वमा लगभग ४०० करोड जनसंख्या थपिएर ६०० करोड भन्दा माथि पुग्यो । संयुक्त राष्ट्र संघको अनुमान छ कि यस पृश्वीमा एकदिनमा दुईलाख जनसंख्या थपिन्छ र यही जनसंख्या वृद्धिदर रह्यो भने सन् २०५० सम्म ९५० करोड मानिस यस पृथ्वीमा हुने छन । चलिरहेको विकास मोडलले सस्तो श्रमको लागि जनसंख्या विस्फोटलाई रोकेको छैन तथा अधिकतम लाभको लागि ‘प्रदुषण बम’ लाई पनि काबुमा ल्याईरहेको छैन ।

(ख) मानवीय क्षेत्रहरूमा
संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन लगायत सबै मानव विकास दरसंग सम्बन्धित विश्व स्तरिय सामाजिक संस्थाहरू हाम्रो विद्यमान विकासको मोडल अब धेरै समय टिकाउ छैन भनि रहेका छन । मानव विकास रिपोर्ट २०१६ ले भन्छ कि विश्वमा ९ मध्ये एक व्यक्ति भोको छ तथा ३ मध्ये एक कुपोषित छ । भोक सम्बन्धी परियोजना रिपोर्ट २०१७ का अनुसार विश्वभरमा ७९ करोड ५० लाख व्यक्तिहरूले पेटभरी खान पाएका छैनन् । एशियामा ५२ करोड ५० लाख व्यक्तिहरू भोकै सुत्छन । विश्वको ७० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गर्छन र ती कृषि संग सम्बन्धित कामबाट आफ्नो जीवन यापन गर्दछन । अझ भोका व्यक्तिहरूमा ५० प्रतिशत किसान परिवारबाट छन ।
विश्व असमानता प्रतिवेदन २०२१ का अनुसार आर्थिक असमानता विश्व स्तरमा लगातार बढदो छ । जनसंख्याको सबैभन्दा गरिब ५० प्रतिशत युवासँग कुल सम्पत्तिको केवल २ प्रतिशत स्वामित्व छ र औसत क्रयशक्ति समता ४,१००। अमेरीकी डलर छ भने, मध्यम बर्गीय ४० प्रतिशत मानिसहरूसँग कुल सम्पत्तिको २२ प्रतिशत स्वामित्व छ र औसत क्रयशक्ति समता ५७,३००। अमेरीकी डलर छ (दी गार्डियन) ।

विश्वका आठ व्यक्तिहरूसंग भएको जति संपत्ति विश्वको आधि जनसंख्यासंग हुनाले धनी र गरीबको बीच फरक डरलाग्दो भइसकेको छ । विश्व आर्थिक मंचले चेतावनी दिएकोछ कि यदि आवश्यक कार्यवाही भएन भने बढदै गरेको असमानताले पूँजीवादको भविष्यमाथि प्रश्नचिह्न लगाउने छ र समाजको ध्रुवीकरणले विश्व अर्थव्यवस्थालाई एउटा जोखिम प्रस्तुत गर्नेछ जसको परिणाम ग्लोबलाईजेशनबाट पछि हटनु पर्ने हुन सक्छ । सन् २०१६ मा १ प्रतिशत विश्वको सर्वोच्च धनीहरूसंग उती नै धन सम्पदा थियो जति बचेका ९९ प्रतिशतहरूसंग धन सम्पत्ति थियो । पर्याप्त भोजन अथवा बाँच्नलाई आवश्यक समुचित आवास बिना नै १ अरब व्यक्ति (सातमध्ये एक व्यक्ति) एक दिनमा १.२५ डलरभन्दा कम आयमा बाँच्दछन्, । यसप्रकार असमानता निरन्तर बढदैछ । यो कर्पाेरेट पूँजीवादी व्यवस्थाको अनुहार हो जसले ‘स्वतन्त्र र खुल्ला लोकतन्त्र’ को झण्डा उँचो उठाएको भनिन्छ । (सागरधारा)
उपर्युक्त वर्णित सबै गम्भीर चुनौतिहरू र खतरनाक संकटहरू मानव समाज र प्रकृति बीचको असन्तुलनलाई प्रतिबिम्बित गर्दछन । विश्वका धेरैजसो संघसंस्था, प्राकृतिक र सामाजिक वैज्ञानिक, विचारक एवं योजनाकारहरू, करिव–करिव एकमत छन कि वर्तमान वैश्विक संकटहरू मानवकै क्रियाकलापका देन हुन । आज मानव समुदाय विश्व कर्पाेरेट व्यवस्थामा बाँचेको छ जो एकदम बृहद राष्ट्रिय राज्यहरूको संगठनको माध्यमले संचालित छ । सामाजिक स्तरमा यो कर्पोरेट व्यवस्थाको विचार, राजनीति, आर्थिकता, संस्कृति र सुरक्षाको तरीकाहरूको अनुसरण गर्दछ । कुनै पनि यस्तो मानव गतिविधि, जीवन शैली या जीवन पद्धति हुदैन जो सम्बन्धित सामाजिक व्यवस्थाबाट स्वतन्त्र या फरक होस् । उल्लेखित तथ्यहरूको आधारमा यो भन्न सकिन्छ कि मौजुदा कर्पोरेट व्यवस्था वर्तमान भयानक संकटको आधार हो जसले विश्वलाई हल्लाई राखेको छ ।

(ग) समाजशास्त्रीय दोष
एडम स्मिथवादी तथा माक्र्सवादी विकास मोडलहरू एकतर्र्फी दार्शनिक सोचमा निहित छ । जसले हाम्रो उपग्रह र यहाँसम्म कि ब्रह्याण्डमै प्रकृतिको व्यवस्थामा मानवलाई सर्वश्रेष्ठ घटनाक्रम मान्दछ । यसले यस सामाजिक सत्यतालाइ पन्छ्याइदिन्छ कि मानव समाजमा परिवर्तन र विकास एकातिर प्रकृति र मानव समाज बिचको अन्तरक्रिया र अर्कोतर्फ मानव समाज भित्रको अन्तरक्रियाबाट हुन्छ । यी दुई अन्तरक्रियाले मानव संसाधन र वातावरणीय स्रोतहरू समाजको पूँजी अर्थात् उच्चतम मूल्यवान वस्तुहरू हुन् भनी देखाउँछ ।
अर्काे मूल समाजशास्त्रीय गल्ती मानव र प्रकृतिको संबन्धमा एडम स्मिथ र माक्र्सवादी विकास मोडलको एकतर्फी सोचमा निहित छ । एडम स्मिथ(उदारवादी) को आर्थिक सिद्धान्तले मानवको चरित्रलाई स्वार्थी बताउँछ, जबकि माक्र्सवादी सिद्धान्त मानवको चरित्र सामाजिक हुन्छ भन्ने माथि जोड दिन्छ र मानव समाजलाई सामाजिक रूपले परिवर्तित गर्ने क्षमता एक्लो कम्युनिस्ट पार्टीमा नै छ भनि सम्झाउँछ ।

तर पनि वास्तवमा मानव समुदायको दुइतर्फी चरित्र छ, एकातिर जैविक चरित्र र अर्काेतिर सामाजिक चरित्र । जैविक चरित्रको पक्षले मानव समुदायको व्यक्तिगत अस्तित्वलाई प्रतिबिम्बित गर्दछ भने, सामाजिक चरित्रको पक्षले उसको सामाजिक जीवन, कार्यशैली र संगठनलाई इंगित गर्दछ ।

(घ) व्यवस्थागत फाटो
उदारवादी र माक्र्सवादी दुबै धारणाहरूले यो स्वीकार गर्दछन कि सामाजिक सम्पन्नता र प्रगतिलाई जाँच्ने एकमात्र मापदण्ड वृद्धि दर हो । अधिकतम वृद्धि दर पाउन आफ्ना खोजमा यिनी दुबैले पर्यावरण र मानव इतिहासको पक्षहरूलाई निमिट्यान्न पार्ने किनारमा ल्याएर उभ्याई दिएका छन ।
विश्व कर्पोरेट व्यवस्थाको ऐतिहासिक अनुभव
वर्तमान पर्यावरणीय जैविक संकटको जरो विश्व कर्पोरेट व्यवस्थामा कस्तो छ, यो यसको २०० वर्ष पुरानो र वर्तमान इतिहास बाट बुभ्mन सकिन्छ । यो कर्पोरेट विकास मोडल एकातिर पर्यावरणीय स्रोतहरूको नियन्त्रण, दुरूपयोग र विनाश गर्दछ भने अर्कोतिर मानव संसाधनहरूसंग अमानवीय व्यवहार गर्दछ । यसले मानव समाजको प्रेरक शक्तिको रूपमा सामाजिक हितहरूको अन्य मानवीय सहज स्वभावलाई पछि धकेल्दै निजी हितको समाजशास्त्रलाई अगाडी ल्याउँंछ ।

यसले हरेक समय र हरेक स्थानमा समाजमा स्थायित्व, सुरक्षा र व्यवस्थालाई बनाइराख्न ‘जसको लट्ठी उसकै भैसी’ भनाउँदो एकमात्र सामाजिक सिद्धान्तलाई आफ्नो राजनीतिको रूपमा प्रस्तुत गर्दछ । यसप्रकार यसले सही या गलत हरेक मुल्यमा सत्ता प्राप्त गर्ने मानसिकता जन्माउँछ जसले राजनीतिक प्रक्रियालाई अपराधीकरण तिर लिएर जान्छ ।
यसले एकातिर विश्वका प्राकृतिक संसाधनहरूलाई नियन्त्रण गर्दछ भने अर्कोतिर सबैभन्दा घातक जैव–पर्यावरण संकटलाई कम आकलन गर्दछ । यसप्रकार पर्यावरणीय–जैविक संकट खतरनाक बिन्दुमा पुगेको छ ।

पर्यावरणीय–जैविक संकटको वास्तविक समाधान विश्व कारर्पोरेट पूंजीवादी व्यवस्थालाई प्रकृति–मानव केन्द्रित कार्यक्रमको आधारमा पुनर्गठित गर्नमा निहित छ ।
प्रकृति–मानव केन्द्रित जन अभियानको दृष्टिकोण अनुसार चलिरहेकोे घातक चुनौतीको आधारभुत समाधान वर्तमान विश्व कर्पोरेट पूंजीवादी व्यवस्थालाई प्रकृति–मानव केन्द्रित व्यवस्थामा अद्यावधिक गर्नु हो, जसले एउटा नयाँ प्रकारको विकास मोडलको माग गर्दछ जुन पाँच स्तरका मौलिक सिद्धान्तहरू अर्थात् १) पर्यावरणीय टिकाउपन २) समता (उचित समानता) ३) उत्पादकता ४) जन निर्देशित लोकतन्त्र र ५) पारदर्शितामा टिकेको छ । यी पाँच स्तरका आधारभूत सिद्धान्तहरू मानवको जैव–सामाजिक चरित्रसंग मेल खान्छन्, अर्थात् यिनले मानिसको निजी स्वार्थलाई सामाजिक हितसंग जोड्दछन् । मानव समाजको प्रकृति–मानव केन्द्रित विकास मोडलले पर्यावरण र मानवतालाई मानव समाजमा दुई सर्वाेच्च मूल्यवान घटनाक्रम मान्दछ । यी दुबै सामाजिक पूंजी (मानव समाजमा सर्वाेच्च वस्तु) ले विकास, प्रगति र सम्पन्नता ल्याउछन ।

(१) पर्यावरणीय टिकाऊपन–
९ष्० यसले संधै नै हरेक ठाउँ पर्यावरण (हावा, पानी, भूमि, जंगल, जैव–विविधता इत्यादि) लाई टिकाउ राख्ने र संवर्धित गर्ने मुलुभूत कामको समर्थन गर्दछ ।
९ष्ष्० यो कृषिलाई सबै वैज्ञानिक प्रबिधिको विकास र पर्यावरणीय संसाधनहरूलाई जैविक कृषि सहकारी तिर मोडनेको पक्षधर छ ।
(२) समता (उचित समानता)–
९ष्० यस्ले प्रत्येक मानवको जैव–सामाजिक अस्तित्वलाई मुलभुत अधिकारको रूपमा मान्यता दिन्छ जसलाई सफा हावा, शुद्ध पिउने पानी, पौष्टिक भोजन, आवास, कपडा, निःशुल्क स्वास्थ्य सुविधाहरू र पर्यावरण मानवतावादी शिक्षाको नेटवर्कको माध्यमले सामाजिक सुरक्षाको सुनिश्चित गर्दछ ।
–यस्ले न्यून संख्यामा धनी र उच्च संख्यामा गरीबहरू बीचको बढी आय अन्तरलाई १ः५ को अनुपातले प्रस्तावित गरेर आर्थिक सामन्जस्य स्थापित गर्दछ ।
– यस्ले महिलाहरूलाई सशक्तिकरण गरी उनीहरूलाई हरेक स्तरका सामाजिक संस्थाहरूमा ५० प्रतिशत प्रतिनिधित्वको सुनिश्चित गर्नेमा प्रमुख भुमिका निर्वाह गर्दछ ।
(३) उत्पादकता–
प्रकृति–मानव केन्द्रित विकास मोडल पर्यावरण र मानवीय पूंजीको विकासको पक्षधर छ न कि डलर या रूपैयाको वृद्धिको जो एकमात्र विनिमय (लिने–दिने) को माध्यम हो । यस मोडलले सबै गोला बारूद र हतियारहरूका कारखानाहरू तत्काल बन्द गरी सामाजिक आवश्यकता निर्देशित उत्पादनलाई सर्वाेच्च प्राथमिकता दीइयोस् भन्दछ ।
(४) जन निर्देशित लोकतन्त्र–
– प्रकृति–मानव केन्द्रित मोडलले जनताको नेतृत्वमा लोकतन्त्रलाई लागु गर्दछ जसले राजनैतिक, आर्थिक र सांस्कृतिक–सबैमा सामाजिक प्रक्रियाहरूलाई समान महत्व दिन्छ र तिनमा कुनै एकलाई निर्णायक बनाउनु मानवीय र पर्यावरणीय एकतालाई तोड्न खोज्ने रूपमा मान्दछ ।
– यसले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा ५ स्थायी सदस्यहरू द्वारा प्रयोग गरिने भीटो पावरलाई समाप्त गर्दै विश्व व्यवस्थाको पुनर्गठनको मांग गर्दछ र संयुक्त राष्ट्र संघको आम सभालाई साधारण बहुमतको आधारमा कुनै पनि विषयको निर्णय गर्ने मुलभुत अधिकार प्रदान गर्दछ ।
– यसले विश्व बैंक, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रीय मुद्रा कोषलाई तिनको स्वतन्त्र बजार अर्थव्यवस्थाको परिप्रेक्ष्यलाई प्रकृति–मानव केन्द्रित परिप्रेक्ष्यको आधारमा पुनस्र्थापित गर्दै, तिनको विकासको रणनीति (जो पूंजीपतिहरू र धनाढ्यहरूको पक्षका छन्) लाई प्रकृति–मानव केन्द्रित विकास रणनीतिबाट पुनस्र्थापित गर्दछ ।
– यो मोडल निगमित क्षेत्रको आर्थिक व्यवस्थालाई लोकतान्त्रिक प्रबन्ध र नियन्त्रणमा चुनिएका संयुक्त समितिहरू (जसमा २÷३ प्रतिनिधि साधारण शेयर धनीहरूबाट तथा १÷३ प्रतिनिधि श्रमिकहरूबाट चुनिएका हुन्छन) बाट गर्ने पक्षधर हो ।
– यो विश्व भरका प्रत्येक देशहरूमा स्टक मार्केटलाई बंद गर्ने पक्षधर हो जसले कि (स्टक मार्केट) बिनाकुनै निवेश र रोजगार जन्माई करोडपति र अरबपति जन्माउँछ ।
– यसले कार्पाेरेट पूंजीवादी समर्थित राजनैतिक पार्टिहरू र व्यापार संगठनको ठाउँमा मानिसको सशक्तिकरणमा जोड दिन्छ ।
– यसले सबै स्तरका सबै विषयमा जनताको सशक्तिकरण (जननेतृत्वको शासन) लाई बढावा दिन्छ । यसको लागि राजनैतिक, आर्थिक र सांस्कृतिक सभाहरूलाई गाउँदेखि लिएर राष्ट्रिय स्तरसम्म स्थापित गर्दछ ।
– यसले पार्टीद्धारा टिकट बितरणको ठाउँमा निश्चित प्रतिशत मतदाताद्धारा दस्तखत सहित उम्मेदवारलाई अगाडी ल्याउँछ । यसरी निश्चित मतदाताको दस्तखत प्रस्तुत गर्ने उम्मेदवारको लागि कुनै पनि जमानत राशिको प्रावधान आवश्यक ठान्दैन र सरकारी खर्च गर्ने अनुमति मिलोस् ताकि सत्तामाथि भ्रष्ट र पैसा तथा सत्ताको भोको राजनैतिक पार्टिहरूको एकाधिकार समाप्त होस् भन्दछ ।
– सबै प्रकारका चुनावहरूमा सरकारी खर्चको व्यवस्था गर्नु पर्नेमा जोड दिन्छ ।
– कुल मतदाताहरूको ७० प्रतिशत मतदान अनिवार्य हुन्छ ।
– विजयी उम्मेदवारले मतदानको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
– यदि मतदाताहरूको पाँचौ हिस्सा (२० प्रतिशत) ले आफ्ना निर्वाचित प्रतिनिधिले उनिहरूको विश्वास गुमाइसकेको हो भन्ने लागेमा लिखित रूपमा उसलाई फिर्ता बोलाउने र पुनः मतदानको माग गर्ने अधिकार हुन्छ ।
– चुनिएका सदस्यको लागि कार्यपालिकामा केवल दुई अवधिसम्म मात्र रहने प्रावधान हुन्छ ।
(५) चौतर्फी पारदर्शिता
– यस मोडलको आवश्यकता संयुक्त राष्ट्र संघ, आई एम एफ, विश्व बैंक, विश्व व्यापार संगठनको सबै विश्व कानूनहरू र सबै राष्ट्रिय संविधानहरूमा विशेषाधिकार प्राप्त सबै व्यक्तिहरू र संचालकहरूको शक्तिलाई हटाएर सम्पूर्ण आम जनतालाई अधिकार दिने दिशामा संविधानलाई संशोधन गर्ने हो ।
– सबै देशहरूमा विद्यमान कार्यपालिका एवम् सरकारी गोपनीयता कानून (जसले कर्मचारितन्त्रलाई तिनका सबै प्रकारका भ्रष्ट क्रियाकलापलाई लुकाउँछ र जनतामाथि शासन गर्छन) लाई, समाप्त गरिओस् ।
– न्यायपालिकाको सर्वव्याप्त मानहानिको विशेषाधिकार कानून (जसले यसको आलोचकहरूको मुख बन्द गर्छ) लाई निरस्त्र गरियोस् ।
– विश्व भरीनै कानून लागु गर्ने संस्थाहरू (सेना, अद्र्ध सैनिक बलहरू, अर्धन्यायिक निकाय) संग भएका एकदमै बढी अधिकारहरूलाई समाप्त गर्दै संवैधानिक रूपले यि संस्थाहरूलाई जनताप्रति जवाफदेहि बनाइयोस् ।
– कम्पनी कानून जो धनवानहरूको सार्वजनिक धनलाई व्यक्तिगत लाभको लागि उपयोग गर्न समर्थ बनाउँछ, यस कम्पनी कानूनलाई प्रकृति–मानव हितको दृष्टिकोणबाट पुनः लेखियोस् ।
– प्रत्येक मुलभुत सामाजिक परिवर्तनले जन आन्दोलको माग गर्दछ जो जनजागृति र जन सहभागीतामा आधारित होस् । उपर्युक्त शीर्षकलाई यस उखानमा समाहित गर्न सकिन्छ ‘जस्तो प्रजा–उस्तै राजा’ । इतिहास र समाजशास्त्रले दर्शाउँछ कि कुनैपनि सामाजिक परिवर्तन या उचित र न्यायिक समाज, कतै पनि कुनै संविधान, संस्था, पार्टी या नेताबाट प्राप्त गर्न सकिन्न जहिलेसम्म संबन्धित जनता यसप्रकारको परिवर्तन प्रति जागरूक हुदैनन् । स्पष्टतया कुनैपनि सामाजिक समस्याको समाधानको बाटो एक विशिष्ट जन जागृतिको स्तर, यसको लागि गरिने कार्यवाही र संगठनको मानसिकता विकसित हुनुमा निहित रहन्छ ।
विश्व शान्ति
– आजको अन्तर्निभर विश्वमा ‘जसको लठ्ठी उसकै भैसी’ को धारणा अर्थहीन र जैव–जीवनको लागि आत्मघाती बन्न गएको छ । पृथ्वी ग्रहमा जीवनलाई सुरक्षित बनाउन सम्पूर्ण विश्वका जनता बीच एक बिकल्परहित मानव एकता र शान्ति हाम्रो समयको सर्वोच आवश्यकता हो ।
– यसले सबै जीवित प्राणीको लागि एक ग्रह, एक वातावरण, एक साझा घर र मानव समुदायको एक दृष्टिकोण जसले विश्वव्यापी नागरिकतालाई पहिचानको प्रमुख मुद्धाको रूपमा हेर्छ ।
– जलवायु परिवर्तन जीवन या मृत्युको चुनौती र परमाणु शस्त्रहरू जीवविरोधी भएको जानकारी पछि पनि परमाणु शस्त्रहरूको एकाधिकारवादी, मानिसमा परमाणु शस्त्रहरूको तर्कसंगततालाई सही सिद्ध गर्न यस्तो निराशाजनक प्रचार गरिन्छ कि परमाणु शस्त्र देशको सामुहिक र व्यक्तिगत सुरक्षा तथा देशका दुश्मनहरूलाई पराजित गर्नका लागि हो ।
– सबै प्रकारको परमाणु हतियार र अन्य जनसंहारक शस्त्रहरूलाई तत्काल नै समाप्त गर्नु पर्ने या संयुक्त राष्ट्र संघको आमसभालाई सुम्पिने काम गर्नुपर्ने हुन्छ ।
– सबै देशहरूलाई आफ्नो रक्षा बजेट दुइवर्ष भित्र ५० प्रतिशत कम गर्नु पर्ने हुन्छ र बाँकी ५ं० प्रतिशत संयुक्त राष्ट्रसंघको आमसभाको सल्लाह अनुसार तय गर्नुपर्दछ ।
तात्कालिक कार्य
पहिलो, जलवायु परिवर्तनको संकटको घातक मुलभुत वास्तविकता जस्ले हाम्रो पृथ्वी ग्रहलाई उथलपुथल पार्दछ यस तथ्य बारेमा जनतालाई तत्काल जागृत गराउने ।
दोस्रो, जीवन र मृत्युबारे माथि बताइएका घातक चुनौतीको कारण बारे जनतालाई बताउने ।
तेस्रो, यस घातक चुनौतीको एक वास्तविक हल प्रकृति–मानव केन्द्रित अल्पकालीन र दीर्घकालीन एजेण्डामै निहित छ भन्ने विषयमा जनतामा जागृति फैलाउने ।
चौथो, यसले माथि भनिएका तिनै बिन्दुमा सहमत हुने व्यक्तिहरूलाई प्रकृति–मानव केन्द्रित जन अभियानमा समाबेश हुनलाई आब्हान गर्ने ।
पाँचौं, “तजष्लप नयिदबििथ बलम बअत यिअबििथ” भन्ने मुल मन्त्रलाई ध्यानमा राख्दै जो पर्यावरणीय र मानवीय आन्दोलनहरूमा समावेश भई नेपाल र विश्वका जनताको लागि मुलभुत समस्याहरूको हल गर्नमा लागेका व्यक्तिहरू छन् उनीहरूसंग भाईचाराको सम्बन्ध कसिलो पार्ने ।

सारांशः
बर्तमान कर्पोरेट व्यवस्था जुन विश्वव्यापी छ, मानवता बिरोधी र लालची छ । यसैको कारणले वैश्विक उष्माकरण (न्यिदब िध्बचmष्लन), जलवायु परिवर्तन र पर्यावरणीय असन्तुलन लगायत विविध घटनाक्रम उत्पन्न भएका छन् । यिनै चुनौतीे र परिणामहरूको स्थायी समाधान हेतु विश्व सामु आएको प्रकृति–मानव केन्द्रित मोडलले यस्तो संसारको सपना देख्छः
१. जहाँ वातावरणीय र मानव मुल्यहरू द्वारा चिन्हिने संसार होस्, त्यहाँ एक विश्व व्यवस्था जसले मानव सरोकारहरूसँग वातावरणीय हितहरू संयोजन गर्दछ;
२. एउटा यस्तो संसार जहाँ मानव लोभमा होइन, वातावरणीय–मानव आवश्यकताहरूमा केन्द्रित होस;
३. जहाँ सिमाना र युद्ध बिनाको संसार होस्;
४. जहाँ जनताले व्यवस्थित गरेको संसार होस्, सत्ताका दलालहरू र पैसा कमाउनेहरूले होइन;
५. एक दिगो, समतामूलक, उत्पादनशील, लोकतान्त्रिक र पारदर्शी विकास मोडेलमा आधारित संसार जसले १ः५ मात्र आय अन्तरलाई अनुमति दिन्छ र सबै वंचित, गरिब, बेरोजगार, आदिको लागि मौलिक अधिकारको रूपमा सामाजिक सुरक्षा सुनिश्चित गर्दछ ।

Exit mobile version