सचिव सहित बाँकेका चार जना केन्द्रमा
प्रगतिशील लेखक संघ नेपालको १३ औं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौँको आयोजित देशभरका तीन सय बढी प्रतिनिधिहरूको सहभागिता रहेको महाधिवेशनबाट बाँकेबाट सचिव सहित चार जनाको प्रतिनिधित्व निर्वाचित भएको छ ।
पूर्व परराष्ट्रमन्त्री एवं शीतकवि प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा भएको उक्त राष्ट्रिय महाधिवेशनको पहिलो दिनको उद्घाटन सत्रमा वरिष्ठ वामचिन्तक मोहनविक्रम सिंहद्वारा लिखित जलजला उपन्यास सार्वजनिक गरिनुका साथै उक्त कृतिमाथि पूर्व परराष्ट्रमन्त्री एवं शीतकवि प्रदीप ज्ञवालीले समीक्षा गरेका थिए ।
प्रगतिशील लेखक संघ नेपालका अध्यक्ष डा. मधुसुधन गिरीको अध्यक्षता एवं निनु चापागाईंको प्रमुख आतिथ्यमा मातामा भएको उद्घाटन सत्रमा प्राडा जीवेन्द्रदेव गिरी, प्राडा जगत उपाध्याय प्रेक्षित लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनको दोस्रो दिन प्रगतिशील लेखक सङ्घ नेपालको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिनुका साथै संघको विधान संशोधनमा दफावार छलफल पश्चात नयाँ कार्यसमिति चयन गरियो ।
प्रा.डा. देवी दुवाल क्षेत्रीको अध्यक्षतामा गठित नयाँ केन्द्रीय समितिको उपाध्यक्षमा समीर सिंह र डा.अमृता शर्मा, महासचिवमा झगिन्द्र प्रसाद ढकाल, उपमहासचिवमा वोध कुमार घिमिरे, सचिवमा बाँकेका प्रा. डा. हरि प्रसाद तिमिल्सिना र कुशल बोगटी, कोषाध्यक्षमा कृष्ण सुवेदी, केन्द्रीय सचिवालय सदस्यमा बाँकेकी कल्पना पौडेल जिज्ञासु, केन्द्रीय सदस्य मणि अर्याल (बाँके) केन्द्रीय पार्षद् सदस्यमा बाँकेका लेकप्रसाद प्याकुरेल लगायत ४५ सदस्यीय केन्द्रीय समिति र ४६ सदस्यीय केन्द्रीय पार्षद् सदस्य चयन गरेको उक्त सम्मेलन १५ वूँदे
घोषणापत्र सार्वजनिक गर्दै भएको थियो ।