बाँकेमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान

भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको दोस्रो चरणको एचपिभी खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणको खोप गत भदौ २७ गतेबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाइएको थियो ।

पहिलो चरणको खोप लगाई सक्नु भएका एक हजार २१५ जना १५ वर्ष मुनिका किशोरीलाई मात्र एचपिभी खोपको दोस्रो मात्रा मङ्गलबारबाट भेरी अस्पतालको खोप केन्द्रमा लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

Exit mobile version