आगामी फागुन २१ गते हुने निर्वाचनमा बाँकेका तीन वटा निर्वाचन क्षेत्रका २१ जनाले बैंक खाता सञ्चालनमा ल्याएका छन् । निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन अवधीको कारोबारका लागि छुट्टै बैंक खाता अनिवार्य गरेको छ । ‘यो अनिवार्य व्यवस्था हो, अटेरी गरे कारवाहीको भागी हुनुपर्छ’, पटकपटक उम्मेदवारहरूलाई छुट्टै खाता खोल्न निर्देशक दिइएको जानकारी दिंदै आचारसंहिता अनुगमन जिल्ला समितिका अधिकृत पूर्ण बहादुर खत्रीले भने । सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका खत्रीले खाता नखोल्नेहरूलाई पुनः चेतावनी दिइने बताएका छन् । बैंकमा खाता खोल्ने उम्मेदवारहरूमा क्षेत्र नं. २ का दिपेन्द्र विष्ट, मो. इस्तियाक राई, रामचरण चौधरी, जगदीश ढकाल ऋषिराज देवकोटा, विवेक कुमार श्रेष्ठ, शौभाग्यजंग शाह, शैलेन्द्रकुमार कर्ण, महेन्द्र प्रकाश चन्द लगायत रहेका छन्
बाँकेमा २१ उम्मेदवारले खोले खाता
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
by
Dainik Nepalgunj
May 23, 2026
कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने प्रयास
by
Dainik Nepalgunj
May 23, 2026
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
by
Dainik Nepalgunj
May 22, 2026
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
by
Dainik Nepalgunj
May 22, 2026
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
by
Dainik Nepalgunj
May 22, 2026